नेपाल विश्व सहयोग संघद्वारा ३ महिना पहिला सो संघका अन्तराष्ट्रिय अध्यक्ष युवराज कार्कीको संयोजकत्व गठित अमर बचाउ अन्तराष्ट्रिय सन्जाल (SAVE AMAR INTERNATIONAL NETWORK)  सुरु गरे देखि यता अमर बचाउ अभियानमा तिब्र प्रगती भएको छ। हालै गठित उच्चस्तरीय  अमर बचाउ राष्ट्रिय सवन्वय परिषदले आफ्नो कार्य सुरु गरेको छ। पश्चीम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा, एन आर एन एन सी सी, यु एस ए, एन ए जी सी, नेपलिज असोसियसन अफ साउथ ईस्ट अमेरिका NASEA, असोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका ANMA , आलायन्स अफ नेप्लिज लायन्स क्लबस् लगायत महत्वपुर्ण सस्थाहरू सम्मिलित Save Amar National Coordination Council, USA हालै गठन भएको थियो। अमर बचाउ अभियानका यस्ता राष्ट्रिय समन्वय समिती मध्य यो तेश्रो हो र यो समितीले सो अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन  महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
 
यसै बीच लामो समय देखि यु ए ई को जेलमा मृत्यु दण्डकोलाई पर्खिरहेका दार्चुला निवाशी अमर बहादुर बमलाई  बचाउन उदार हृदयले चन्दा प्रदान गर्ने व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा सम्पन्न एक समारोहमा सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापाले डोनेसन सर्टिफिकेटहरू प्रदान गर्नु भयो। सो कार्यक्रममा ए एन एस का अध्यक्ष रविन प्रधान, पशुपति फाउन्डेसन यु एस ए का भक्त थापा, जनसम्पर्क समिति लस अन्जेलसकी अध्यक्ष टीका चौधरी तथा नेपाल अमेरिका एकता समाज, एन आर एन, ए एन एस, नेपाली जन संपर्क समिती, पशुपतिनाथ फाउन्डेशन लगायत सस्थाहरुका उच्च पधादिधाकारीहरू लगायत उल्लेख्य उपस्थिती रहेको थियो।
 
सो कार्यक्रममा पनेरुले नेपाल विश्व सहयोग संघ तथा  अमर बचाउ अभियान सम्बन्धी प्रकाश पार्दै लस एन्जलस क्षेत्रका क्षेत्रका नेपालिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।  उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो” हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपाय हरू छन् : १: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने २: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ। ३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने सस्थाहरू र व्यक्ती हरूले आशंका व्यक्त गरे पनि  त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।
 
सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापा, परिषदकै एन ए जी सी प्रतिनिधि पुन्नखर ढकाल ॠषि, तथा नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका कोषाधक्ष तिलक कार्कीको सक्रियतामा उठेको $ 1274 .00 पनेरुलाई हस्तानन्तरण भएको र सो रकमलाई सम्बन्धित कोषमा जम्मा गर्न एन ए जी एम्बासडर इमर्जेन्सी फण्ड का सभापति पुन्नखर ढकाल ॠषिलाई जिम्बेवारी  दीईएको छ। यो रकम समेत गरी हालसम्म $ 4916.00 यु एस डलर प्राप्त भै सकेको र थप रकमहरू प्राप्त हुने क्रममा छन्।  स्मरण रहोस्, नेपाल विश्व सहयोग संघले लामो समय सम्म संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गरेको  थियो। यो निकायको अनुरोधमा निज अमर बमको कानुनी उपचार तथा परिवारलाई तात्कालिन राहत दिने उद्देश्यले चन्दा उठाउन सुरु गरेको हो।
 
अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप धनगढीमा रहेका अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक  राजेन्द्र देवकोटा पिडित अमरका परिवारलाई दार्चुला धारी गा बी स गएर भेट्नु भएको छ। त्यसका साथै दार्चुलाको सदरमुकाम खलङामा एक बिशेष समारोह बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारीको हात बाट रु ५०,००० हस्तानन्तरण भैसकेको छ। समरण रहोस् यो परिवारलाई तात्कालिन राहत स्वरुप  एउटा सानो रकम मात्र हस्तानन्तरण गरिएको हो। उठेको चन्दाको प्रमुख अंश अमरलाई मृत्यु दण्डबाट छुटाउन खर्च गरिने छ। सानो अंश अन्तरराष्ट्रिय रुपमा जनदवाव श्रीजना गर्ने कठिन अभियानमा खर्च हुने बोर्डको निर्णय अनुसार हुने कुरा नेपाल विस्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपालि पनेरुले बताउनु भएको छ।
 
अमर  बचाउ अभियानलाई थप बल प्रदान गर्ने उद्देश्यले प्रत्यक्ष हस्ताक्षर अभियान सुरु भएको छ र बिधुतिय हस्ताक्षर पनि सुरु भई संसारभरीका नेपाली र बिदेशि नागरिकहरूले समेत हस्ताक्षर दीई रहेका छन्। दस हजार हस्ताक्षरको लक्ष राखिएकोमा हाल सम्म एक हजार एक सय भन्दा बढी (over 1200)  हस्ताक्षर प्राप्त भैइसकेको छ।  हालै अमर बहादुर बमका पिता कर्ण बहादुर बम संलग्न नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटा, यु ए ई मा कार्यरत नेपाली समाजका अधक्ष कृष्ण ढकाल तथा प्रवासी नेपाली सवन्वय समितीका अधक्ष महेन्द्र पाण्डेको संयुक्त प्रतिनिधि मण्डलले नेपालका प्रधान मन्त्री डा बाबुराम भट्टराइ लाई भेटेर प्रधानमन्त्री स्वयम् यु ए ई भ्रमणमा गएर कुट्नैतिक पहल गर्न अनुरोध गरेको र प्रधानमन्त्रीले पनि यु ए ई भ्रमण गरेर अमरको ज्यान बचाउने पहल गर्ने कुरा आश्वासन दिएको कुरा प्रतिनिधि मण्डलले जानकारी दिएको छ।