९६ बर्षिय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तिव, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गा वी स निवासी अमर बमको हृदय बिदारक बिबरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनीलाई बचाउन पहल गर्नु भएको छ। ईस्लामिक कानुन अनुसार दिबङतका परिवारले माफी दिएमा अमर सजिलै छुट्ने कुरा थाह पाए पछि उहाँले शेट्टिको परिवारलाई सम्बोधन गर्दै अमरलाई बचाउन एक मर्मस्पर्शी अनुरोधपत्र लेख्नु भएको छ। सो पत्र नेपाल विश्व सहयोग संघका सस्थापक एबम अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु तथा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्कका संयोजक युवराज कार्की अनुरोधमा लेख्नु भएको हो। विभिन्न ख्याती प्राप्त व्यक्तिवहरूलाई संपर्क गर्ने क्रममा उहाँलाई भेट गर्न अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु उहाँकी धर्मपत्नी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी निर्वाचित द्वितिय उपाधक्ष लायन हेमा पनेरु तथा संयोजक युवराज कार्कीले टाउन्सलाई भेटेर अमरको बारेमा बिस्त्रित जानकारी दिंदै  उनीलाई छुटाउन पहल गर्न अनुरोध् गरेको थियो।
१९६४ का नोबेल पुरस्कार बिजेता चार्ल्स टाउन्सले लेजर र मेजर लगायत कैयौं बैज्ञानिक  आबिस्कार गर्नु भएको थियो। टाउन्सले नोबेल पुरस्कारका अतिरिक्त प्रतिष्ठित टेम्लेटन पुरस्कार लगायत थुप्रै पुरस्कार र ३२ बटा मानार्थ विध्या बारिधी पाउनु भएको छ।
दिबङत शरद शेट्टिका आधिकारिक प्रतिनिधिलाई सम्बोधन गर्दै चार्ल्स टाउन्सले भन्नु भएको छ, ” मलाइ शेट्टी परिवार प्रति ठुलो सहानुभुति छ। शरद शेट्टीलाई फर्काउन असम्भव छ, तर दिबङत आत्माको शान्तिको लागि एक निर्दोष मानिस सजायमुक्त हुनु पर्छ। म मानवता र सर्वशक्तिमान परमेश्वरको नाउँमा उहाँसँग सम्बन्धित सबैलाई अमरलाई छुटाउन सहयोग गर्न अनुरोध् गर्दछु।“  प्राप्त जानकारी अनुसार टाउन्सले यु ए ई का राष्ट्रपती शेख खलिफा र प्रधान मन्त्री शेख मुहम्मदलाई पनि निर्दोष अमरलाई माफी दिन अनुरोध गर्दै यु एस एक्स्प्रेस मेल मार्फत पत्र पठाइसक्नु भएको छ।