हरिहर दाहाल, एट्लान्टा । नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको एट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुलाई एट्लान्टा बासी नेपालीहरूको तर्फबाट एट्लान्टाको लोगो अङ्कित टोपी पहिरयाउनु भयो भने सोही संस्थाका उपाध्यक्ष धन तिमिलिसिनाले खादा ओडाएर सम्मान गर्नु भयो। सो अवसरमा नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष सन्जीव सापकोटाले सम्मान उपहार स्वरुप प्लेक प्रदान गर्नु भयो। कार्यक्रमको आरम्भमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुको बहु आयामिक व्यक्तित्वमाथि बिस्त्रित प्रकाश पार्नु भएको थियो। सो कार्यक्रमको लागि उपाध्यक्ष धन तिमिल्सिनाको संयोजकत्वमा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद का NASeA प्रतिनिधि मोहन बिष्ट, तथा लीला बहादुर कार्की सदस्य रहेको एक विसेष समिति बनेको थियो।
नेपाल विश्व सहयोग संघको आव्हानमा हालसालै गठन भएको अमर बचाउ राष्ट्रिय सवन्वय परिषदको फेसिलिटेटरको हैसियतले उहाँ अमेरिकाका पुर्वी राज्यहरूको सद्भवना भ्रमण गर्ने क्रममा उहाँ एट्लान्टा पुग्नु भएको थियो। नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका NASeA का अध्यक्ष सन्जीव सापकोटाले पनेरुको स्वागत गर्दै आफ्नो निवासमा आतिथ्य प्रदान गर्नु भएको थियो। त्यसै गरि आफूलाई भावपुर्ण स्वागत र न्यानो आतिथ्य प्रति अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष राजा घले तथा पनेरुका हितैषी मित्र अनिल कोइराला प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। सो अवसरमा पनेरुले अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक पावर प्वाइन्ट प्रस्तुती गर्नु भएको थियो।

नासियाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महा सचीव लगायत अमेरिकाका दक्षिण पुर्वी राज्यहरू जर्जिया, अलाबामा, उत्तर क्यरोलायना, दक्षिण क्यारोलायना, फ्लोरिडा आदीको प्रत्यक्ष एवं बिधुतीय सहभागिता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। प्रस्तुती पस्चात जिग्यासुहरूले राखेको प्रश्नको जबाफ दिँदै पनेरुले बताउनु भयो, “यो भ्रमण अमरको लागि चन्दा अभियान नभैकन अमर बमको निर्दोषिता बारे जन चेतना जगाउने र अमर बचाउ राष्ट्रिय सवन्वय परिषदलाई ससक्तिकरण एवं बिस्तार गर्ने उद्देश्य रहेको बताउनु भएको छ।

यस क्रममा स्वत: स्फूर्त रुपमा चन्दा पनि उठिसकेको बताउँदै पनेरुले भन्नु भयो, “अमर बमको पिता कर्ण बहादुर बम र स्वयम् अमर बहादुर बमले कुनै पनि हत्कण्डा प्रयोग गरेर अमरलाई बचाउने अनुरोध् गरेका छन् र आफूहरूलाई के गरेर हुन्छ थाह नभएको बताएका छन।“ नेपाल विश्व सहयोग संघले अनुसन्धान गरि पत्ता लाउँदा अमरलाई बचाउने प्राथमिकताको आधारमा निम्न ३ उपायहरू रहेका प्रकाश पारियो।
१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनीको आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने संस्थाहरू र व्यक्तीहरूले आशंका व्यक्त गरे पनि त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।

युएईमा बिभिन्न संघ संस्थाहरू नेपाली समाजको नेतृत्वमा अमर बचाउ सवन्वय समिती बनाएर पहिला देखि नै कार्यरत थिए। सो सवन्वय समितिमा नेपाली समाज, नेपाल विश्व सहयोग संघ युएई, एनआरएन एनसीसी युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली प्रवासी संघ यूएई, नेपाली एकता समाज यूएई, जनजाती महासंघ यूएई, पत्रकार महासंघ यूएई, रहेका छन्। त्यसै गरी नेपालमा नेपाल विश्व सहयोग संघ नेपाल, प्रवासी नेपाली सवन्वय समिति नेपाल र नेपाली समाज युएई सँलग्न सवन्वय समिति मार्फत व्यापक रुपमा जन चेतना र सरकार समक्ष जनदबाबमा सक्रिय रहेको छ। अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा एन आर एन एन सी सी USA , NASeA, ANMA, WANA, डलास एभ्रेष्ट लायन्स क्लब, तथा बुढानिलकन्ठ स्कूलको पूर्व विध्यार्थीहरूको संगठनSEBS-North America र नेपाल विश्व सहयोग संघ, अमेरिका जस्ता प्रभावकारी संस्थाहरू रहेका छन्। परिषदमा अन्य संस्थाहरू पनि प्रवेस गर्ने निस्चित भएको छ।

हाल सालै नेपाली समाज युएई का अध्यक्ष कृष्ण ढकाल प्रवासी नेपाली सवन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे तथा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाध्यक्ष तथा सेभ अमर इन्टरन्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद देवकोटाको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मन्डलले प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो। भेट्मा प्रधानमन्त्री भट्टराइले अमरलाई बचाउने पहल गर्न आफू युएई जान तयार रहेको कुरा व्यक्त गरेका थिए। यसै क्रममा मणी नेपाली पनेरुले सम्पुर्ण संघ संस्था एवम् नेपाली दाजुभाई दिदि बहिनिहरूलाई अमर बचाउ अभियानमा सम्मिलित भएर प्राण जोगाउने जस्तो महान पुण्य कमाउन आव्हान गर्नु भएको छ।

२ भाद्र २०६९, शनिबार १८:४४ मा प्रकाशित