बोस्टन प्रतिनिधि
बोस्टन – ।  लामो समय देखि दुबइको जेलमा रहेका मृत्यु दण्डका फैसला सुनाइएका अमर बहादुर बमलाइ बचाउने उद्देश्यले हिजो बोस्टनमा “अमर बचाउ अभियान सम्भावना र चुनौति” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
एन आर एन को संरक्षकत्वमा हालसालै गठित उच्च स्तरीय अमर बचाउ राष्ट्रिय समन्वय परिषद, यु एस ए बने पछि सो अभियानले थप प्रगति गर्न थालेको छ । परिषदकी सभापति उमा कार्की थापाको पहलमा क्यालिफोर्नियाको लस एन्जलस देखि सुरु भएको जनचेतना कार्यक्रम अब अमेरिकाका बिभिन्न राज्य र सहरहरुमा पनि सुरु भएका छन् । सो अभियानलाई सुत्रपात गर्ने नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु अहिले अमेरिकाका बिभिन्न राज्यहरुको सद्भावना भ्रमणमा हुनुहुन्छ ।
एन आर एन एन सी सी यु एस ए का अध्यक्ष तथा परिषदका संरक्षक प्रल्हाद के. सी. को सभापतित्वमा भएको सो कार्यक्रममा ग्रेटर बोस्टन नेपाली सामुदायिक केन्द्रका (GBNC) अध्यक्ष लीला रावत, GBNC सचिव तथा हिमालयन लायन्स क्लबका सदस्य बिष्णु मणी आचार्य, अमेरिका फाउन्डेसनका राजाराम के सी, नेपाल अमेरिका फाउन्डेसनका युवराज रायमाझी, NWGN का प्रुडेन्स के सी ANF का नील के सी GBNC का सन्तोष के सी सन्ध्या के सी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले अमर बमको बिषयमा बनाइएको बिष्त्रित पावर प्वाइन्ट प्रिजेन्टेसन प्रस्तूत गर्नु भएको थियो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै के सी ले नेपाल विश्व सहयोग संघको आव्हानमा गठन भएको उच्च स्तरीय परिषदले भरखरै काम सुरु गरेको र संरक्षकको हैसियतले आफ्नो व्यक्तिगत र सस्थागत रुपमा पूर्ण सहयोग रहने बताउनु भयो । पनेरुले अत्यन्त छोटो समयको सूचनाको बाबजुद कार्यक्रमको आयोजना गर्नु भएकोमा प्रह्लाद के सी तथा वहाँको धर्म पत्नीलाई हार्दिक आभार प्रकट गर्दै उपस्थीत सम्पुर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो । सो छलफल तथा अन्तर क्रियाकार्यक्रम फलदायी भएको र प्राप्त सुझावहरूलाई परिषदमा प्रस्तूत गरी कार्यान्वयन गर्न आफ्नो इमान्दारी पुर्वकको सत्प्रयास रहने पनि पनेरुले बचनबद्द्ता प्रकट गर्नु भएको छ ।
सो अवसरमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष लीला बहादुर रावतलाई अमर बचाउ राष्ट्रिय परिषदकी सभापति उमा कार्की थापाले परिषद प्रवेश गर्न अनुरोध गरि लेखिएको पत्र परिषदका facilitator मणी नेपाली पनेरुले हस्तानन्तरण गर्नु भयो । सामान्य औपचारिकता पछि ग्रेटर बोस्टन नेपाली कम्युनिटी अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा प्रवेश गर्ने बताइएको छ । सो कार्यक्रममा अमर सम्बन्धी पोस्ट कार्ड र फ्लाएरहरू बितरण भएको थियो ।
उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो – हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपायहरू छन् 1. उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने, 2. हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्यद्वारा माफी प्राप्त गर्ने । त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ ।
भ्रमणकै सिलसिलामा पनेरुले एन आर एन एन सी सी क्यानडाका अध्यक्ष डा. बिनोद के सी तथा नेपलिज क्यानेडियन कम्युनिटी सेन्टरका अध्यक्ष लगायतका नेताहरू सँग टेलिफोन वार्ता गर्नु भएको थियो । क्यनडामा पनि अमर सम्बन्धी कार्यक्रम लिएर टोरोन्टो भ्रमण गर्ने योजना भए पनि प्राविधिक कारणले सो रद्द भएको कुरा पनेरुले बताउनु भएको छ । कार्यक्रम पश्चात पनेरु सोही राती बाल्टिमोर तीर लाग्नु भएको थियो । पनेरुको अमेरिकाको पुर्वी तटलाई (क्यानडाको सिमाना देखी सुदूर दक्षिण फ्लोरिडाको मायामी सम्म) छिचोल्दै अमर बचाउ अभियान वारे जन चेतना जगाउने र अन्य संघ सस्थाहरूसँग वार्ता गर्दै साझेदारी तथा सहकार्य गर्ने कार्यक्रम रहेको बताइएको छ ।