अमर बचाउ राष्ट्रिय सवन्वय परिषद अमेरिकाका फेसिलिटेटर तथा नेपाल् विश्व सहयोग संघ का अनतर्राष्ट्रिय  अधक्ष मणी नेपाली पनेरु आफ्नो ३ हप्ता  लामो सद्भावना भ्रमणको अन्तीम गन्तव्य फ्लोरिडा पुगे पछी त्यहाँ अमर बचाउ अभियान सुरु भएको छ। अमर बचाउ अभियानलाई पुर्वी राज्यहरूको समर्थन जुटाउने  र जनचेतना जगाउने उद्देश्यले आफ्नो छुट्टीको सदुपयोग गर्दै आफ्नो नीजी खर्चमा क्यनाडा देखी प्लोरिडा सम्म अमेरिकाको पुर्वी राज्यहरू छिचोल्ने क्रममा गत साता फ्लोरिडा पुग्दा नेपाली सामुदायिक केन्द्र ओर्ल्यान्डोका अध्यक्ष कृष्ण विलास पोखरेल तथा सुप्रशिद्द समाज सेवी विकास देवकोटाले उहाँलाई हार्दिक स्वागत गर्नु भएको थियो।

नेपाली वाल वालिकालाई नेपाली भाषा तथा सस्क्रिती  सिकाउन पाठ्शाला सन्चालन गर्दै आउनु भएको सुप्रसिद्द समाजसेवी तथा कवयत्री मिना शाक्य एवम उहाका पति सुप्रशिद्दसमाज सेवी तथा नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डोका उपाधक्ष हरि ॐ प्रधान द्वारा पनेरुको सम्मानमा रात्री भोज तथा अन्तर क्रिया कार्यक्रमको आयोजना गर्नु भएको थियो। सुप्रशिद्द समाज सेवी विकास देवकोटाको संयोजनमा सम्पन्न सो कार्यक्रमको  सभापतित्व नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डोका अध्यक्ष कृष्ण पोखरेलले गर्नु भएको थियो।

नेपाल विश्व सहयोग संघका अमेरिका च्याप्टर अधक्ष निजानन्द मल्लले पनेरुको बहु आयामिक व्यक्तित्व माथी प्रकाश पार्दै विश्व सहयोग संघको उद्देश्य र कार्यक्रम् वारे चर्चा गर्नु भयो। विशिष्ट अतिथीको आसनबाट बोल्दै फ्लोरिडा असोसियसन अफ नेपलिज सोसाइटिज FANS का अधक्ष बिमल नेपालले, पनेरुको आगमन प्रति प्रशन्नता व्यक्त गर्दै सो अभियानलाईतन मन्   र धनले सक्दो सहयोग गर्नबचन दिनुभयो। उहाँले भन्नुभयो, “एक प्रकारले हामिहरू पनि अमर बहादुर  बम भएको र आफ्नो अस्तित्वको लागि सधैं लड्न परिरहेको हुन्छ। अमरलाई अन्यायपुर्ण रुपमा फाँसी हुनु हामि सबैलाई फाँसी हुनु सरह हो र हामिले यस्तो समवेदनशिल घडीमा मुक दर्शक भएर बसेमा लाजमर्दो कुरो हुने र हामीलाई इतिहासले धिक्कर्ने छ” ।

सो अवसरमा नेपाली कम्युनिटी सेन्टरका उपाधक्ष तथा सुप्रशिद्द समाजसेवी हरि ॐ प्रधानले अरुलाई परेको दु:खले आफूलाई सदा पोल्ने र सक्दो सहयोग गर्न आफूलाई कसैले भन्ननपर्ने  बताउँदै अमर बचाउ अभियानको लागि आफ्नो तन मान् धन दिएर हिड्ने पनेरुसँग आफू प्रभावित भएकोबताउनु भयो।  सोही अवसरमा कार्यक्रमका सभापती कृष्ण पोखरेलले स्वत:स्फूर्त  रुपमा अमर बचाउ अभियानलाई सघाउने उद्देश्यले आर्थिक सहयोग गर्नु हुने हरि ॐ प्रधान र निजानन्द मल्ललाई प्रशंसा पत्र प्रदान गर्नु भयो।

कार्यक्रमका केन्द्र बिन्दू मणी नेपाली पनेरुले अमर बम बारे बिस्त्रित जानकारीमूलक पावर प्वाइन्ट प्रस्तुती गर्नु भयो। सो प्रस्तूतिमा अमर कसरी झुटो मुद्दामा फसे,उनी निर्दोषहुनाका आधारहरू, उनीलाई छुटाउने उपायहरू तथा अभियानले प्राप्त गरेका उपलब्धीहरू बारे प्रकाश पारिएको थियो। प्रस्तुति पछि सहभागिहरुका प्रश्न र जी ज्ञासाहरूको जबाफ दिंदै पनेरुलेभन्नुभयो,”मेरो भ्रमणको उद्देश्य चन्दा संकलन गर्ने नभई अमर बारे जना चेतना जगाउने, अभियानको लागि बिभिन्न संघ सस्थाका समर्थन प्राप्त गर्ने तथा अमरलाई छुटाउन दबाब श्रीजनागर्न हस्ताक्षर संकलन गर्ने रहेको छ।  यस क्रममा स्वत: स्फूर्त रुपमा केही चन्दा पनि उठी सकेको र उठेको रकमको सानो अंश रु पचास हजार दार्चुलामा अमरको परिवारलाई प्रदान गरिएको छ। स्वत: स्फूर्त रुपमा उठेको चन्दालाई हामिले अमर र अमरको परिवारको नासोको रुपमा पारदर्शी ढंगले राखेको र बचेँको पैशा स्थितिको अध्ययन गरि अमरको प्राण जोगाउने उद्देश्यले अमरको परिवारसँग समेत सल्लाह लिएर अमरको हितमा खर्च 

गरिने वा हस्तानन्तरण गर्ने व्यवस्था मिलाइने छ। यस बीच अमर तथा अमरका परिवारसँग पटक पटक कुराकानी भएको र निजहरूले नेपाल विश्व सहयोग संघले गरेको सहयोगको लागि हार्दिक आभार प्रकट गरेका छन्।“

पनेरुले भन्नु भयो, “यो अमर बचाउ अभियान नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय उपाधक्ष राजेन्द्र प्रसाद देवकोटाको सक्रियतामा २०१० देखि नै सक्रिय रहेको र नेपाल विश्व सहयोग संघ  यो अभियानलाई अन्तरराष्ट्रिय उचाईमा पुर्याई निर्दोष अमरलाई बचाउन अमर बचाउ अन्तरराष्ट्रिय सन्जाल बनाई कार्यरत रहेको हो। यो पवित्र उद्देश्य प्राप्त गर्न सबै सँग सहकार्य र साझेदारी अपरिहार्य भएकोले हामि सम्पुर्ण संघ सस्थाहरूलाई यो अभियानमा सरिक हुन हार्दिक आग्रह गर्दछौँ।“

सो कार्यक्रममा उपस्थित हुन नसके पनि फ्लोरिडा नेपाल असोसियसनका पूर्व अधक्ष डा बिजय कट्टेल तथा आइ एन एल एस प्लोरिडा च्याप्टरका अधक्ष कृष्ण श्रेष्ठ सँग टेलिफोन वार्ता भएको थियो। कार्यक्रममा समाज सेवीहरू, बुद्दिजिवीहरू व्यापारी एबम युवाहरूको उल्लेख्य उपस्थिती थियो। सो अवसरमा समाज सेवीहरू कृष्ण पोखरेल, बिकाश देवकोटा , विमल नेपाल्, भूवन गिरि, स्वतन्त्र श्रेष्ठ, डा. सरोज् खड्का, सुबास श्रेष्ठ ले स्वत: स्फूर्त रुपले प्रदान गरेको जम्मा १६० डलर पनेरुलाई हस्तानन्तरण गरिएको थियो। कार्यक्रम् पस्चात रोचक कवि सम्मेलनसहित रात्री भोज भएको थियो। कवि बिकास देवकोटा, कवयत्री मीना शाक्य तथा कवि मणी नेपाली पनेरुको कविताले श्रोताहरूकोमन जित्न सफल भएको थियो।  यस कार्यक्रमको साथपनेरुको करिव ३ हप्ता लामो सद्भावना भ्रमण सफलता साथ सम्पन्न भएको छ र उहाँले आफ्नी धर्म पत्नी हेमा पनेरु लगायत सम्पुर्ण मित्रहरूलाई हार्दिक धन्यवाद दिनुभएको छ।