२९४ औँ    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले निर्णय गरे अनुसार राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा पृथ्वी  राष्ट्रिय गौरव सम्मानको एक बिशेष समारोह बिच घोषणा गरिएको छ। काफल रेस्टुराँका संचालक तथा पृथ्वी जयन्ती समारोह समितीका सँयोजक प्रिन्स युवराज कार्कीले सो सम्मानको घोषणा गर्दै हरेक बर्ष क्यालिफोर्निया बे क्षेत्रमा सेवारत समाजसेवीहरुलाई प्रदान गर्ने समेत् स्पष्ट पार्नु भयो। उपस्थित उत्तर क्यालिफोर्नियाका सम्मानित समाजसेवीहरुको बिच सो घोषणाले एक सनसनी ल्याएको पर्यवेक्षकहरु बताउँछन।

सो अवसरमा सँयोजक कार्किले भन्नु भयो, “उपस्थित महानुभावहरुलाई गत पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको कुरा विदितै छ। सो अवसरमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको स्‍मृतिमा एक अवार्ड घोषणा गर्ने निर्णय भएको थियो, पृथ्वी राष्ट्रिय गौरव सम्मान। सो सम्मान बर्षमा १ पटक एक जनालाई मात्र प्रदान गरिने काफल रेस्टुराँ व्यवस्थापनले निर्णय गरे अनुसार सो व्यक्तीले  पृथ्वी नारायण शाहको स्पष्ट  अनुसरण गरेको र नेपाली एकतालाई सुद्रिढ गर्न तन मन धन स्पष्ट लगानी गरेको व्यतित्व हुन पर्ने हामीले ठहर गरेका थियौँ। सो अवार्ड अाज सुपर स्टार सरोज खनालको उपस्थितिमा घोषणा गर्दै प्रदान गर्न पाएको म गौरवान्वित छु। स्मरण रहोस, कुनै पनि एक व्यक्ती सिद्द हुन सक्दैन तर माप दण्ड अनुसार एक व्यक्तीलाई मात्र दिन सकिने यो अवार्ड पाउने व्यक्तीलाई बर्ष व्यक्तित्वको रुपमा पनि लिँदै यो अवार्ड हरेक बर्ष दीईने निर्णय भएको समेत हजुरहरुलाई अवगत गराउन चाहन्छु। यो अवार्ड पाउने व्यक्तित्वको सम्मान त हुँदै हो तर सो भन्दा धेरै गुणा ठुलो सम्मान पृथ्वी नारायण शाहको हो जस्को नाम नेपाली जातिले कहिले पनि बिर्सन हुँदैन र भुल्ने पनि छैनन भन्दै बिजेताको घोषणा गर्नु भएको थियो।

यस बर्षको बर्ष पुरुष अथवा पृथ्वी राष्ट्रिय गौरव सम्मानका बिजेता हुनुहुन्छ बरिष्ठ समाजसेवी  मणी नेपाली पनेरु । सो सम्मान प्रमुख अतिथी सुपर स्टार सरोज खनाल, बिशिष्ट अतिथी  पप स्टार नलिना चित्रकार, तथा बिशेष अतिथिहरु जनसंपर्क समिती अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, केन्द्रिय सदस्य चन्द्र धिताल, मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे,  एन एन सि का पूर्व अध्यक्ष एन.. आर. एन. एन. सि. सि. यु. एस्. ए. का के.  सल्लाहकार घन प्रशाद दवाडी, एन एन सि का महासचिव कैलाश  थापा, एन सि तमु समाजका पूर्व अध्यक्ष गम गुरुङ, समाजसेवी टीका पुनले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो।

पनेरुले   नेपाल रहे देखी नै पृथ्वी नारायण शाहको नाम मा उन्नतिशिल समाजको तर्फ बाट पृथ्वी रनीङ शिल्ड स्थापना तथा पृथ्वी जयन्तिमा राष्ट्रिय बिभुतिहरु र वीर पुर्खाहरु सम्मान गर्ने तथा राष्ट्रियता बिषयमा राष्ट्रिय बिचार गोष्ठीहरुको सँयोजन गर्नु भएको  छ। त्यसै गरी उहाँ अमेरिका आए लगत्तै हेल्पिङ ह्यान्ड्स अफ द हिमालायजको सस्थापक महासचिव, लायन्स क्लब अफ  बर्क्ली अन्नपुर्णका चार्टर सेक्रेटरी, एन ए एन सि का कोषाधक्ष, जनसंपर्क समितिका सल्लाहकार लगायत बिभिन्न संघ सस्था मार्फत यो क्षेत्रमा उल्लेखनिय सेवा पुर्‍याउनु भएको छ। बिशेष गरी २००८ मा एक विश्वव्यापी नेपाली सन्जाल स्थापना गर्ने उद्देश्यले नेपाल विश्व सहयोग संघ एन ए जि सि को स्थापना गर्न अग्रणी भूमिका खेल्नु भएको थियो। पनेरु सो संस्थाको सस्थापक अध्यक्ष हुनुहुन्छ।क्यालिफोर्नियामा  गत पौष २७ गते मनाईएको  पृथ्वी जयन्ती तथा राष्ट्रिय एक्ता दिवसमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो। पनेरु नेपाल बाट शान्ती पुरस्कार, समाजसेवा पुरस्कार, अन्तरराष्ट्रिय  मन्च द्वारा प्रदान गरिएको राष्ट्र गौरव सम्मान लगायत सम्मानहरु प्राप्त गर्नु भएको छ भने उहाँ अमेरिका जर्जियामा, यु ए ईको दुबईमा समेत सम्मानित हुनु भएको छ। समाजसेवामा अहोरात्र खट्नु हुने पनेरु नेपाली समुदायमा नै अग्रणी समाजसेवी हुनु भएकोले उहाँलाई सो सम्मान प्रदान गर्नु न्याय संगत भएको टिप्पणी गरिएको छ।