रामजी बगाले /  विश्वव्यापी नेपाली एकता र हितको निम्ती प्रवासमा रहेका नेपालीको पहलमा स्थापना भएको एक अन्तरराष्ट्रिय संस्थाको नाम हो एनएजीसी अर्थात नेपाली एसोसीएसन फर ग्लोवल कोअपरेशन । यो नेपालको हित प्रवर्धनका खातिर गठित एक विश्वव्यापि संजाल हो । विश्वका ३० वटा देशहरुमा शाखाहरु विस्तार गरेको यो संस्थाले ७ वटा महासाखा पनि गठन गरेको छ जसले विश्वभरका देशहरुको सम्वोधन गर्दछ । एनएजीसी एक राष्ट्रियता को भावनाले ओतप्रोत गैर मुनाफामुलक सामाजिक संस्था हो जसको जुन लोकतान्त्रिक, शान्तिवादी, देशभक्त नेपालीहरुको साझा संगठनको रुपमा परिचित छ । राजनीति, धर्म, संस्त्रृmती जातजातीको बिभाजनले नेपाली एकतामा चुनौती थपीएको महसुस गर्दै त्यसलाइ निरुत्साहीत पार्ने र नेपाली कला, साहित्य, संस्कृती र पहिचानलाइ विश्वमा चिनाउदै एक सशक्त समाजसेवी संस्थाको पहिचान कायम राख्ने उदेश्यले सन् २००८ मा एनएजीसीको स्थापना भएको हो । विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं भन्ने मुलमत्रका साथ क्यालिर्फोिनया यूएसए घोषणापत्र सहित अगाडी आएको नेपाल विश्व सहयोग संघ क्यालिर्फोिनया सेक्रेटरी अफ स्टेटमा दर्ता भई संयुक्त राज्य अमेरिकाको संघिय सरकारबाट समेत मान्यता प्राप्त गरेको छ ।
 
अमेरिकामा यो संस्थाले गरेको उत्कृष्ठ सामाजीक अभियानहरुको कदर गर्दै अमेरिकी राष्टपतिको कार्यालयले एनएजीसीका ग्लोबल प्रेसीडेन्ट मणि नेपाली पनेरुलाइ सन् २०१६ को प्रेसीडेन्ट भोलेन्टियर स्वर्ण पदकले विभूषित गरेको छ । अमेरिकी राष्टिपतिको कार्यलयले हरेक बर्ष सामाजीक सेवामा उत्कृष्ट काम गरेका संस्थाहरुलाइ यो पुरस्कार दिने गर्देछ । एनएजीसी यस्तो पुरस्कार पाउने नेपालीहरुको पहिलो संस्था हो । यसैबाट पनि यो सस्थाको गरिमा र योगदानको पुष्टि हुन्छ । ‘यस्तो प्रतिष्ठित पुरस्कार पाउनु हाम्रोलागी अहोभाग्य हो, हामीलाइ थप उर्जा मिलेको छ’ एनएजीसीका ग्लोबल अध्यक्ष मणि नेपाली पनेरु भन्छन् । एनएजीसी मार्फत गरेको सामाजीक कार्यका लागी पनेरुले नेपाल, अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा प्रतिश्ठित पुरस्कार तथा सम्मानहरु पाएका छन् ।
एनएजीसी नेपाली एकता र पहिचानमा विश्वास राख्दछ र विश्वभरका नेपालीको एकता मार्फत नै समृद्ध नेपाल निमार्ण सम्भब छ भन्ने मान्यता अनुसार यसले काम गरिरहेको छ । ‘हजारौँ बर्षको गौरवमय ईतिहास बोकेको सुन्दर शान्त नेपालका हामी वासिन्दाहरु समयको अन्तरालमा मलिन भएका छौं । देवकोटाको काव्य, अरनिकोको कला र जनक, बुद्धको ज्ञानले विश्वमा आफ्नो महत्वपूर्ण स्थान राख्ने हामी आज विश्वकै कमजोर राष्ट्रको अभिसाप भोग्न वाध्य छौं । तसर्थ अव हाम्रो पुर्नजागरण हुन जरुरी छ । अपसि मतभेदलाइ थाति राखेर एकता र सहकार्यको ढोका खोल्न पर्छ’ अध्यक्ष पनेरु भन्छन् ।
े एक अर्काको मौलिक मुल्य मान्यता र सन्कृतिको आदर गनुर्, हाम्रो राष्ट्रिय साँस्कृतिक सम्पदा जस्ता मौलिक नेपालीपनको संरक्षणको पहल गर्नै, विश्व भाइचाराको सिद्धान्त बमोजीम समाजीक कार्यलाइ जोड दिनु, र नेपालको विकासमा सहकार्य गर्नु एकएजीसीको प्रमुख ध्यय हो । एनएजीसीले यहि महान अभियान पुरा गर्नको लागी विश्वका विभिन्न सातवटा भूगोलहरुमा आफ्ना महाशाखाहरु मार्फत काम गरिरहेको छ । नेप्लीज एसोसीएसन फर ग्लोबल कोअपरेशन अर्थात नेपाल विश्व सहयोग संघले नेपाली एकता र समृद्धको लक्ष्य प्राप्तिको लागी प्रत्यक्ष रुपमा सदस्यता र साखाहरू बिस्तार गरेर, साझा उद्देश्य प्राप्त गर्न अन्य सस्थाहरूसँग साझेदारि गरेर र विभिन्नस्तरका स्थानिय, राष्ट्रिय र अन्तरराष्ट्रिय महासंघहरूको अवधारणालाई बिकसित गर्दै नेपालीहरू माझ एकता, भाइचारा र सहकार्यलाई बढावा दीईरहेको छ त्यसैले यो संस्थाको विभिन्न मुलुकहरुमा शाखा विस्तारको काम पनि तिब्र गतिमा भइरहेको छ ।
 
एनएजीसीले निकट भविश्यमै खाडि मुलुक मध्यमै सर्वाधिक नेपालीहरु रहेको कतार र पश्चिमी यूरोपको पोर्चुगल तथा स्पेनमा शाखा गठन गर्दैछ भने दक्षिण कोरिया र जापानमा पनि शाखा गठनको तयारि गरिरहेको छ । एनएजीसीको हाल अमेरिका च्याप्टर, यूरोप च्याप्टर, मध्यपुर्व तथा अफ्रिका च्याप्टर, दक्षिण एशिया च्याप्टर, ग्रेटर एशिया च्याप्टर, अष्टेलिया च्याप्टर र नेपाल च्याप्टर गरि सात च्याप्टरहरु सक्रिय छन् । यीनै महाशाखा अन्तर्गत विभिन्न देशहरुमा शाखा खोल्ने काम भैरहेको छ । यसरी एनएजीसीले विश्वव्यापी संजालमार्फत नेपालीलाइ एकीकृत गर्दे मुलुकको सर्वौपरि हितमा काम गरिरहेको छ । विश्वभरका स्वाभिमानी नेपालीहरु हो, मिलेर केही गरौँ, भन्ने नारा बोकेको यो संस्थाले हालसम्म विभिन्न महत्वपुर्ण सामाजीक, आर्थिक, सांस्कृतीक तथा बैचारिक अभियानहरु सम्पन्न गरेको छ जसको चर्चा यसरि गर्न सकिन्छ ।
एनएजीसीका उपलब्धिहरु :
क) दुबइमा अनाहकमा मृत्यु दण्डको सजाय सुनाइएका दार्चुला निवासी अमरबहादुर बमको जीवन रक्षाको लागि अन्तराष्ट्रिय रुपमा लबी गरिरहेको । अमर बचाउ ग्लोबल टास्क फोर्सको सचीवालय काठमाण्डौमा खोलेर दैनिक सूचना प्रवाह, बिचार गोष्ठीहरू, र्यालीहरू, हस्ताक्षर अभियान, पत्रकार सम्मेलन, जनचेतना कार्य्क्रम तथा सरकारलाई दवाव दिने कार्यहरू गरिरहेको ।
ख) नेपाली आप्रवाशी श्रमिकहरूको वास्तविक अवस्था पहिचान गरी स्थायी समाधान तर्फ ठोस पाइला चाल्न मलेसीया तथा यु ए ई का कामदारहरूको क्याम्पहरुमा स्थलगत निरिक्षण गरि नेपाल सरकारलाइ प्रतिवेदन वुझाएको ।
ग) नेपाली सामुदायीक केन्द्रहरूको स्थापनार्थ प्राविधिक र आर्थिक सहयोग गरेको । सनफ्रान्सिस्कोमा निर्मार्णाधिन नेपाली सामुदायीक केन्द्रको स्थापनाको लागी फन्ड रेजीगं कार्यक्रम संचालन गरि महत्वपुर्ण आर्थिक सहयोग प्रदान गरेको ।
घ) स्थानिय तथा राष्ट्रियस्तरका ख्यातीप्राप्त नेपभल तथा अमेरिकी कलाकारहरूलाई प्रोत्साहन गर्दै सामुदायीक भाईचाराको जगेर्ना गर्नाका साथै कला संकृतीको संरक्षण र सम्बर्धन गर्न अमेरिकाको क्यालिर्र्फोिनयामा रमझम हिमाली साँझ नामक सांस्कृतीक उत्सवको थालनी र निरन्तरता ।
ड) मध्यपूर्वमा समस्याम परेका झन्डै १००० जना नेपालीको उद्धारमा उत्कृष्ठ कार्य गरेको । यस बापत नेपाल विश्व सहयोग संघका मध्यपूर्व तथा अफ्रीका च्याप्टरका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा त्यहाँको राजदूतावास लगायत प्राय सम्पुर्ण स्थानिय नेपाली सस्थाहरुबाट सम्मानित समेत भएका थिए ।
च) नेपाली तथा अमेरीकी अपाङ्ग बिद्यार्थीहरूलाई लघु छाात्रबृती प्रदान गर्नाका साथै गरीव तथा जेहन्दार विध्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अत्यावस्यक शिक्षण सामाग्रीहरू प्रदान गरेर सहयोग पुर्याएको छ ।
छ) नेपाली संस्कृतीको जगेर्ना गर्न अमेरिकामै पहिलो नेपाली नेपाली फिचर फिल्म ‘कसम सगरमाथाको’ निर्माण गरि प्रदर्शन गरेको ।
ज) पस्चिम अमेरिकामा पहिलो पटक नेपाल महोत्सव सम्पन्न गरेको ।
झ) आपत बिपतमा परेका सम्पुर्ण नेपालीहरुलाई आकस्मिक सेवा पुर्याउने उद्देश्यले अंबासडर इमर्जेन्सी फण्डको स्थापना भएको छ जुन हाल क्यालिर्फोिनया र अमेरिका च्याप्टरमा लागु भएको छ । यस फण्डबाट मानव अधिकारवादी स्वर्गीय सुबास दर्नालको परीवारले आकस्मिक राहत पाइसकेका छन् ।
ण) नयाँपुस्तालाई नेपाली भाषा, संस्कृती हस्तानान्तरण गर्दै अन्य भाषी मित्रहरूलाई समेत नेपाली बोल्न प्रेरणा दिने उद्देश्यले नेपाली भाषा तथा संस्त्रृmतीको पाठ्यक्रम अमेरिकी राज्यहरू लगायत सँसारका बिभिन्न देशहरुमा निशुल्क बितरण भैरहेको छ सथै क्यालीफोर्नियाको पहिलो नेपाली भाषा पाठशालाइ पाठ्यक्रम तथा प्राविधिक सहयोग गरेको ।
त) कला, साहित्य, संगीत, समाजसेवा तथा पत्रकारिता जस्ता मानव जिवनका विविध आयामहरुमा महत्वपुर्ण योगदान दिने व्यक्ति तथा संस्थाहरुलाइ हरेक बर्ष एनएजीसी अवार्ड प्रदान गर्दै आएको जसमा विश्वविख्यात नोबेल पुरस्कार विजेता प्रोफेसर चाल्र्स टाउन्सलाइ समेत विभुषित गरिएको ।
थ) सन् २०१५ मा भारतले नेपालको संविधानको विरोधस्वरुप लगाएको अमानविय नाकाबन्दिको विरोधमा विश्वव्यपी प्रदर्शन गरेको ।
यसरि एनएजीसीले नेपाली एकात, राष्टिय संमृद्धि र समाजसेवाको भावनालाइ उच्च महत्व दिदै आफ्ना विश्वव्यापी कार्यक्रमहरु अधिबढाइ रहेको छ । मातृभुमी नेपाल र विश्वका सबै क्षेत्रमा राष्ट्रिय एकता, प्रजातन्त्र र मानव अधिकार लगायतका विषयहरुमा वकालत गर्ने यो संस्थाको नविन कार्यक्रम हो । ‘हामी विश्वभर छरिएर रहेका नेपार्ली दाजु भाई दिदी बहिनी लगायत नेपाललाई मायाँ गर्ने मित्रहरु समेतलाई एनएजीसीको विशाल परिवारमा सामेल समाजसेवा र राष्ट्रहितका लागी साझा सवालहरुमा मिलेर अधि बढ्न आव्हान गर्दछौं’ एनएजीसका विश्व अध्यक्ष मणि नेपाली भन्दछन् ।