नेपाल विश्व सहयोग संघ एन ए जि का सस्थापक अध्यक्ष तथा ग्लोबल टास्क फोर्सका सभापति मणी नेपाली पनेरु, एन ए जि सि ग्रेटर एसिया च्याप्टर का अधक्ष प्रभाखर पराजुलीको निमन्त्रणामा सिङ्गापुर भ्रमण रहनु भएको हाम्रो सिङापुर सम्वाददातले बताएका छन। पनेरुलाई च्याप्टर अध्यक्ष प्रभाखर पराजुलीले सिङ्गापुरको चाङी अन्तरराष्ट्रिय बिमान स्थलमा स्वागत गर्नु भयो। सो अवसरमा अध्यक्ष द्वय पनेरु तथा पराजुलीले सस्थाको प्रगती, भुकम्प ग्रस्त नेपालको पुनर्निर्माणको लागि भएका प्रयासहरु, तथा ग्रेटर एसिया क्षेत्रमा विध्यमान समस्याहरु बारे बिस्त्रित छलफल गर्नु भएको छ।
सोही अवसरमा हिजो साँझ फरवरि २८, २०१६ मा सम्ब्रिद्दीको को लागि एकता, एन ए जि सि को प्रतिवद्दता बिषयक छलफल तथा अन्तरकृया सम्पन्न भएको छ। सो कार्यक्रमा एन ए जि सि ग्रेटर एसिया च्याप्टर अध्यक्ष प्रभाखर पराजुलीले उपस्थित कम्युनिटी लिडरहरु तथा सहभागिहरुलाइ स्वागत गर्दै मणी नेपाली पनेरुको परिचय दिनु भएको थियो। अध्यक्ष पनेरुले एन ए जि को स्थापना, उद्देश्य, उपादेयता र सङ्क्षिप्त ईतिहास झल्काउने पावर प्वाइन्ट प्रस्तूती गर्दै, उपस्थित सम्पूर्ण सहभागिहरुलाइ एकता र सहकार्यको आव्हान गर्नु भएको छ। वर्तमान नेपाली समाजले भोग्न परिरहेको पिडाबाट द्रविभूत हुँदै पनेरुले एकता र सहकार्यले मात्र नेपालको अस्तित्वलाई जोगाउन सकिने र  नेपाली समाजको  उन्नती गर्न सकिने बताउनु भयो। सो अन्तरकृयामा पस्तूत गरिएका सामाग्रीहरुलाई सहभागिहरुले अत्यन्त अभिरुचीपूर्वक सुन्दै बिबिध बिषयमा जिज्ञासा र प्रश्नहरु राखेका थिए।
सोही अवसरमा पनेरुको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको थियो जस्मा एन ए जि सि का पदाधिकारी लगायत एन आर एन सिङ्गापुर नेपाली समाज लगायतका नेत्रित्व गण, बुद्दी जिवी व्यापारी तथा समाजसेविहरुको उपस्थिती थियो। हिमालयन रेस्टुराँ मा सम्पन्न सो रात्रीभोजमा रेस्टुराँ संचालक भिम बहादुर गुरुङले   खानाहरुको  स्पन्सर  गर्नु भएको थियो। कार्यक्रमलाई सफल बनाउन सहभागि र सहयोगिहरुलाई अध्यक्ष प्रभाखर पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको छ भने एन ए जि सि सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले एन ए जि का पदाधिकारी, सदस्य, कम्युनिटी लिडरहरु र पराजुलीकी धर्म पत्नी इशा पराजुली, सुपुत्री रिता पराजुली तथा ज्वाँई हरी चन्द्र अधीकारी प्रती उहाँहरुको न्यानो आतिथ्यको लागि हार्दिक अभार प्रकट गर्नु भएको छ।