र्व घोषित वाना एनएजिसि सामुदायिक केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ भएको छ। गत मे १२ मा सोलुखुम्बु केन्द्र बिन्दु पारेर गएको विध्वंशकारी भूकम्पले आक्रान्त सोलुखुम्बुको तिङ्लामा वाना एनएजि सामुदायिक केन्द्र निर्माण गर्ने निर्णय गरिएको थियो।
पश्चिम अमेरिका नेपाली महासंघ वाना तथा नेपाल विश्व सहयोग संघ एनएजिसिले संयुक्त प्रयासमा पुननिर्माण स्टार्ट अप कोषमा अरु थप रकमहरु जोड्दै सो पुनित कार्य सुरु गर्न लागिएको हो। सो परीयोजनाको लागि वाना अध्यक्ष उत्तम कार्की तथा एनएजिसि अध्यक्ष मणी नेपाली पनेरु गत मार्च २०१६ मा स्थलगत भ्रमण गरेर सोलुखुम्बुको तिङ्लामा भवन निर्माण गर्ने निर्णय भएको थियो।
सो प्रयोजनको लागि बिगतमा जस्तै दूबै संस्थाका अध्यक्षहरु सोलुखुम्बु जाने प्राव्धान भए पनि एनएजिसि अध्यक्ष आकस्मिक कारणले जानसक्नु भएको थिएन। पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष तथा परियोजनाका सभापति उत्तम कार्कीले सो परियोजनाका लागि जग्गा प्रदान गर्नु भएको छ जस्को मुल्य करिव २० लाख नेपाली रुपैयाँ भएको अनुमान गरिएको छ।
परियोजना सभापति कार्किलाई स्थानिय सोलुखुम्बु, तिङ्लाका नरनारीहरुले भव्य स्वागत गरेका थिए। कार्कीले आफ्नो नाममा भएको अब्बल दर्जाको जग्गा भवन निर्माणको लागि प्रदान गर्नु भएकोमा स्थानीय बासिन्दाहरु लगायत वानाकी संस्थापक अध्यक्ष उमा कार्की थापा तथा साझेदार संस्था नेपाल विश्व सहयोग संघका एनएजिसिका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हार्दिक अभार प्रकट गर्नु भएको छ।
दाता कार्कीले परीयोजना संचालक वाना एनएजि को लागि तिङ्ला सामुदायिक विकास केन्द्रले संचालन गर्ने व्यवस्था मिलाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सो संस्थाको दर्ता गर्नु भएको थियो। संस्था दर्ता प्रकृया पुरा भए पछी सो भवन निर्माणको लागी चाहिने जग्गा सामुदायिक बिकास केन्द्रको नाममा रेजिस्ट्रेसन गर्नु भएको छ। सो जग्गालाई बुल्डोजर लगाइ सम्याउने काम भईसकेको र निर्माण कार्य अब द्रुत गतिमा बढ्ने सो परीयोजना सुपरिवेक्षण टोलीका सदस्य रण बहादुर भण्डारीले बताउनु भएको छ।
“सम्बृद्दिको लागी एकता” भन्ने मूल नाराका साथ सुरु भएको सो संयुक्त अभियानको लागि स्ठानिय समाजसेवीहरुले उत्साहजनक रुपमा चन्दा दिन सुरु गरेका छन । सो पवित्र कार्यको लागि माननीय बल बहादुर के सी एक लाख एक, प्रकाश कार्की एक लाख, बिमल कुमार कार्की साठी हजार, बाबु काजी कार्की पच्चिस हजार, झनक सिंह कार्की पच्चिस हजार तथा ॐ सिंह कर्किले पच्चिस हजार चन्दा प्रदान गरेका छन् । यसै बीच समाजसेवी तथा सियाटलका लागि अवैतनिक वाणिज्य दूत ए सि शेर्पाले ४ हजार पाँच सय डलर प्रदान गर्ने घोषणा पस्चात सो परीयोजना समूहमा ठुलो उत्साह छाएको छ। सहयोग रकम जुट्ने क्रम जारी छ। प्रत्येक दाताहरुको नाम हल अफ फेममा स्थित मार्वलमा स-सम्मान नामहरु कुँदिने र विशेष दाताहरुको तस्वीर र प्रतिमा समेत खडा गरिने परीयोजना सुपरीवेक्षक तथा एन ए जि संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले बताउनु भएको छ।
पश्चिम अमेरिका नेपाली महासंघ वाना का अध्यक्ष, एनएजिसि निवर्तमान अध्यक्ष नेपाली सामुदायिक केन्द्र एनसिसि का संयोजक उत्तम कार्की उदार दाता र सम्मानित समाजसेविको रुपमा अमेरिकाभर प्रसिद्द हुनुहुन्छ। कार्की अमेरिकी राष्ट्रपती बराक ओबामाको हस्ताक्षर सहित बधाई पत्रकोसाथ प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड स्वर्ण पदकद्वारा विभूषित गरेको थियो। कार्कीले अमेरिका नेपाल र बिभिन्न देशमा बिभिन्न सम्मान र अवार्ड प्राप्त गरिसक्नु भएको छ। परीयोजना सुरु गर्ने उद्देश्यले हाल नेपाल भ्रमणमा रहनु अध्यक्ष कार्कीले सो अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, स्वास्थ्य मन्त्री गगन थापा लगायत बिभिन्न मन्त्री तथा सांसदहरुसंग पनि भेटि नेपाली अमेरिकनहरु पिर मर्काहरुको बारेमा आफ्न धारणा राख्दै प्रवासी नेपालीहरुलाई सम्मानपूर्वक हेरिन पर्ने माग राखेका छन्।