बङलोर । नेपाल विश्व सहयोग संघ दक्षिण एसिया च्याप्टरको अध्यक्षमा सुरेश पनेरु चयन भएका छन् । बङलोरमा भएको दोस्रो अधिवेशनले पनेरूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै बङलोर घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।अधिवेशनले च्यापटरको उपाध्यक्षत्रयमा पूर्ण राज अवस्थी, प्रदीप बिष्ट र प्रेमसिंह बिष्ट, महासचिवमा भोजराज अवस्थी, सचिबमा केशवराज भट्ट र कोषाध्यक्षमा राजेन्द्र प्रशाद भट्ट चयन गरेको हो ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा माधब अवस्थी (दिल्ली ), जगदिस अवस्थी (दिल्ली), महेश सिंह (बङ्गलोर), कृष्ण साहु (मुम्बई) बिक्रम सिंह भण्डारी (पुने), शिवराज बडू (बङ्गलोर ) र दिपक राज पाण्डे (बङ्गलोर) चयन भएका छन् । अधिवेशनले च्याप्टरको सल्लाहकारहरूमा नारायण सिंह बुढा, मुरली कृष्णा (भारतीय नागरीक ) र जगदिस महासेठ (भारतीय नागरीक ) लार्इ चयन गरेको छ ।
बंलोर घोषणा पत्रमा संगठन विस्तार गर्ने, परिचय पत्रहरुको वितरण तिब्र रुपले गर्ने, नेपाली पर्वहरुमा आफ्नो नेपाली संस्कृति झल्काउने किसिमका कार्येक्रमहरु राख्ने, समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने सम्बन्धित निकायहरुमा पहल गर्ने, अलपत्रमा परेका नेपालीहरुलाई रोजगारीको लागि सहयोग गर्ने , चेलीबेटी बेचबिखन प्रथालाई रोक्न हँदै सम्मको प्रयास गर्ने जस्ता प्रतिवद्दताहरू व्यक्त गरीएका छन्। कार्यक्रमको उद्घाटन एनएजीसी अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले स्काइप मार्फत गर्नुभएको थियो।
 
https://www.onlinekhabar.com/2014/01/151121
२०७० पुष १८ गते १२:४५ मा प्रकाशित