नेपालमा गएको महा भुकम्प पीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अ मेरिकामा चन्दा उठाउने कार्य जारी छ। यसै क्रममा गत अाइतवार मी ३१, २०१५ मा ग्लोबल कल्चरल एक्स्चेन्ज नेपाल, मन्डेला फ्यामिलि, स्पिरिचुअल सेन्टर,  नाफ्का नेपाल विश्व सहयोग संघ NAGC लगायत सस्थहरु सरिक भई फण्ड् रेज कार्यक्रम सम्पन्न भएको छ। अधिकांश रुपमा अमेरिकी मित्रहरुको उपस्थिती रहेको सो कार्यक्रममा उत्कृष्ट न्रित्याङना द्वय सविना ढकाल र भविषा फुयालको न्रित्यले दर्शकहरुलाई मन्त्र मुग्ध पारेको थियो। त्यसै गरी सम्बन्ध म्युजिक अफ द वर्ल्ड टोली, शकिला अहमद, यन्टोन मिजरक र लाउरा बेरिहिल जस्ता मानिएका कलाकारहरुले पनि निशुल्क प्रदर्शन गरेका थिए। सो अवसरमा बिभिन्न कलात्मक सामाग्रीहरु लीलाम बढाबढ गरी चन्दा सँकलन गरिएको थियो।
संयुक्त फँड रेजर कार्यक्रमका सँयोजक् तथा काठमाडौं किचनका संचालक समाजसेवी दुर्गा दाहालले उपस्थित  सम्पूर्ण दर्शकहरु दाताहरु र सहयोगिहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो। सो कार्यक्रमको अर्को आकर्षण नेपालको  भुकम्प सम्बन्धी  पावर प्वाइन्ट प्रिजेन्टेसन थियो जसमा नेपालका भुकम्पले भत्केका ऐतिहासिक सम्पदा, स्कूल अस्पताल घाइतेहरुको दर्दनाक द्रीश्य देखाइेको थियो। सो पावरप्वाइन्ट हेरेर दर्शकहरुको आँखा रसाएका थिए भने दाताहरुको  मन पग्लेको थियो। सो पावर प्वाइन्ट प्रस्तूती  संगै नेपाल विश्व सहयोग संघ एन ए जि सि का सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सम्पूर्ण दाताहरु र सहयोगिहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो। पनेरुले  अमेरिकामा रहेका सम्पूर्ण विद्यालयहरु र अन्य निकायहरुलाई आफ्ना कामदारहरुलाई एक घण्टाको तलव बराबरको सहयोग गरी पुनर्निर्माणको पुनित कार्यमा सहभागि बन्न आव्हान गर्नु भएको छ।
कार्यक्रम सँयोजक् बरीष्ठ समाजसेवी दुर्गा दाहालको अनुसार कूल ८००० डलर चन्दा सँकलन भएको छ र अझै केही ठाउँहरुमा चन्दा सँकलन गरी पीडित क्षेत्रमा पुर्याइने छ। सो कार्यक्रममा मिराज बाँकेट हल जुटाउनुका साथै खानाको स्पोन्सर गरेर मिराज इन्डियन कुजन्ले नेपालीहरुलाई ठुलो गुन लाएको छ। कार्यक्रममा काठमान्डौ किचनका कामदारहरु र दाहाल परिवारको प्रसँशनिय योगदान रहेको थियो। सो अवसरमा उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ सस्थाका अध्यक्ष लगायत लब्ध प्रतिष्ठित नेपालीहरुको उपस्थिती थियो।