नेपाल विश्व सहयोग संघ NAGC ले बिनासकारी महाभुकम्पका पीडितहरुलाई राहत कार्य जारी गर्दै पीडित बस्ती र विध्यालयको पुनर्निर्माणमा जुटेको छ। राहत कार्य र पुनर्निर्माण समानान्तर रुपमा लानुपर्ने ठहर गर्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा तथ्याँक सँकलन कार्य गर्नाका साथ विद्यालयहरुको सरसफाइ र काम लाग्ने सामानको पहिचान गरी सो को सरक्षण र व्यवस्थापनतिर पनि जुटेको छ।
NAGC ले गत अप्रिल २५ मा महा भुकम्प आएको लगत्तै एक प्रेस वक्तव्य जारी गर्दै सबै संघ सस्थाहरुलाई चन्दा संकलन् तथा राहतका कार्यहरु प्रभावकारी ढंग मा परिक्षालन गर्न सवन्वयात्मक भूमिकामा रहने घोषणा गर्दै सम्पूर्ण संघ सस्थाहरुलाई सवन्वय गर्न आव्हान गरेको थियो। सबै संघ सस्थाहरु सँग सहकार्य र सवन्वय गर्ने क्रममा एन आर एन, एन ए एन सि ई आर एफ, नेपाली जनसंपर्क समिती, अंमेरिका, ग्लोबल इन्टर कल्चरल, नेपाल लगायतका सस्थहरुसँग सहकार्य गरेको थियो।
एन ए जि सि ले आफ्ना स्वयम सेवकहरुको परिचालन् गर्दै अाफ्ना साधन र श्रोतले भ्याए सम्म भूकम्पको अती प्रभावित क्षेत्र भूकम्पको केन्द्रबिन्दु गोरखा र सोलुखुम्बुलाई प्राथमिकता दिएको थियो। यि जिल्लाहरुका अती प्रभावित क्षेत्रहरुमा एन ए जि ले त्रिपाल, औषधीहरु, कम्मलहरु तथा सोलर पावर जेनेरेटरहरुहरु उपलब्ध गराएको थियो। सोलुखुम्बुको अती प्रभावित गाउँहरुमा राहत उपलब्ध गराएकोमा सो क्षेत्रका  सभासद, पूर्व मन्त्री तथा नेपाली काङ्रेसका केन्द्रिय सदस्य  माननीय बल बहादुर  के सिले एन ए जि सि लाई प्रसँशा गर्दै एक धन्यवाद पत्र पठाउनु भएको छ। सोलिखुम्बु क्षेत्रमा एन ए जि सिको राहत बितरणको सँयोजन् सो सस्थाका आजीवन सदस्य तथा ग्लोबल अड्भाइजर उत्तम कार्कीले गर्नु भएको थियो।
एन ए जि सि ले आफ्नो रेस्क्यु मिसन अन्तर्गत कैलाश पनेरुको नेत्रित्वमा काठमाण्डौको साँखुमा काम गरेको थियो। त्यसैगरी बिचल्लीमा परेकी शांखु निवासि मुनु तामाङ्लाई उुदार गरी काठमाडौं टि यु टिचिङ हस्पिटलमा पुर्यएको थियो। त्यसै गरी भूकम्पमा पारी घाइते भएर सो अस्पातलमा भर्ना भईइरहेका बिरामीहरुको यतार्थ जानकारी लिएको थियो। एन ए जि सि प्रतिनिधिहरुले पचास जना बिरामीहरुलाई ताजा फलफूलको रस बितरण गरेको थियो।
NAGC ले नेपालमा गएको महा भुकम्प पीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अमेरिकामा कार्यरत सस्थाहरुसँग सहकार्य तिब्र पारेको छ । भुकम्पपीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अमेरिकामा चन्दा उठाउने कार्य जारी छ। यसै क्रममा गत अाइतवार मी ३१, २०१५ मा ग्लोबल कल्चरल एक्स्चेन्ज नेपाल, मन्डेला फ्यामिलि, स्पिरिचुअल सेन्टर नाफ्का NAGC लगायत सस्थहरु सरिक भई फण्ड् रेज कार्यक्रम सम्पन्न भएको छ। अधिकांश रुपमा अमेरिकी मित्रहरुको उपस्थिती रहेको सो कार्यक्रममा उत्कृष्ट न्रित्याङना द्वय सविना ढकाल र भविषा फुयालको न्रित्यले दर्शकहरुलाई मन्त्र मुग्ध पारेको थियो। त्यसै गरी सम्बन्ध म्युजिक अफ द वर्ल्ड टोली, शकिला अहमद, यन्टोन मिजरक र लाउरा बेरिहिल जस्ता मानिएका कलाकारहरुले पनि निशुल्क प्रदर्शन गरेका थिए। सो अवसरमा बिभिन्न कलात्मक सामाग्रीहरु लीलाम बढाबढ गरी चन्दा सँकलन गरिएको थियो। कार्यक्रम सँयोजक् दुर्गा दाहालको अनुसार कूल ८००० डलर चन्दा सँकलन भएको छ र अझै केही ठाउँहरुमा चन्दा सँकलन गरी पीडित क्षेत्रमा पुर्याइने छ।
एन ए जि सि का सस्थापक/ अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुले अमेरिकामा रहेका सम्पूर्ण विद्यालयहरु र अन्य निकायहरुलाई आफ्ना कामदारहरुलाई एक घण्टाको तलव बराबरको सहयोग गरी पुनर्निर्माणको पुनित कार्यमा सहभागि बन्न आव्हान गरेको छ। एन ए जि सि मुख्य कार्यालयले चन्दा संकलन कार्य जारी राखेको छ। सो सस्थाको औपचारिक वेव साइट www.nepalassociation.net मार्फत पेपाल, वा क्रेडिट कार्ड द्वारा चन्दा दिन सकिने बताइएको छ।