पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष, नेपाल विश्व सहयोग संघका ग्लोबल अड्भाइजर तथा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार  समाजसेवी उत्तम कार्की यु ए ई मा सम्मानित हुनु भएको छ। उहाँलाई नेपाल विश्व सहयोग यु ए ई च्याप्टर तथा मध्य पूर्व च्याप्टरको  संयुक्त आयोजनामा एक उत्कृष्ट प्रतिनिधिमुलक समारोहको बीच प्रमुख अतिथी नेपाली समाज यु ए ई का अध्यक्ष सि पि सापकोटाले समानित गर्नु भएको थियो। आफ्नो निजी नेपाल  भ्रमणको सिलसिलामा यु ए  ई का मित्रहरुको आग्रहको सम्मान गर्दै उहाँ हिजो फरवरि २२ यु ए ई को दुबइ पुग्नु भएको थियो। सो भ्रमणमा नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष र ग्लोबल टास्क फोर्सका सभापति मणी नेपाली पनेरु पनि साथमा हुनु हुनुहुन्छ। उहाँहरुलाई नेपाल विश्व सहयोग  संघ मध्यपूर्व तथा अफ्रिका च्याप्टरका पूर्व सँयोजक् महा प्रसाद धिताल, यु ए आइ च्याप्टर उपाधक्ष अर्जुन तथा कोषाधक्ष भगवती न्यौपाने ले दुबइ अन्तर राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भएको थियो।
 
नेपाल विश्व सहयोग संघ यु ए ई का अध्यक्ष तथा मध्यपूर्व एवम अफ्रिका सँयोजक गोविन्द ढकालको सभापतित्वमा तथा नेपाली समाज यु ए ई का अध्यक्ष चन्द्र प्रशाद सापकोटाको प्रमुख आतीथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मानित व्यक्तित्व उत्तम कार्की  तथा नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणी नेपाली पनेरु विशिष्ट अतिथीको रुमा आसिन हुनुहुन्थ्यो।  नेपाल विश्व सहयोग संघ यु ए ई का शिव पोखरेलले  रोचक रुपमा सन्चालन गर्नु भएको सो कार्यक्रममा एन ए जि सि मध्य पूर्व तथा अफ्रिका च्याप्टरका पूर्व सँयोजक् महा प्रसाद धिताल ले स्वागत मन्तव्य राख्नु भएको थियो।
 
समाज सेवी कार्किलाई चन्द्र प्रशाद सापकोटाले दोसल्ला ओडाउनु भयो  भने सभापती गोविन्द ढकालले राष्ट्रिय  गौरव सेवा सम्मान २०१६ले बिभुषित गर्नु भयो।  बिभिन्न संघ सस्थाको माध्यमबाट र व्यक्तिगत रुपमा समेत उल्लेख्य सेवा प्रदान गरेवापत सो सम्मान गरिएको हो। सो सम्मान प्राप्त गरे पछी भावभिभोर हुँदै कार्किले आफूले कल्पना समेत् नगरेको यो स्वागत र सम्मानलाई जीवनभर नभुल्ने भन्दै हार्दिक आभार प्रकट गर्नु भयो। सो अवसरमा बिशिष्ट अतिथी को आसनबाट बोल्दै नेपाल विश्व सहयोग संघ का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले नेपाल विश्व सहयोगको उद्देश्य कार्यक्रम र उपादेयता वेर प्रकाश पार्दै सम्पूर्ण संघ सस्थाहरुलाई एकता र सहकार्यको लागि आव्हान गर्नु भयो। सो रात्रीभोज तथा सम्मान कार्यक्रममा नेपाल विश्व सहयोग संघ यु ए ई का अध्यक्ष गोबिन्द ढकाल, पूर्व  अध्यक्ष दिपक राज पौडेल, पूर्व मध्य पूर्व सँयोजक महा प्रशाद धिताल, कोषाधक्ष भगवती न्यौपाने, उपाधक्ष पौडेल उत्साहजनक सहभागीता रहेको थियो। सो कार्यक्रममा नेपाली जनसंपर्क समिती यु ए ई का सभापति तथा नेपाली काङ्रेसका महासमिती प्रतिनिधि चित्र बहादुर के सि, सुदुर पश्चिम सेवा समाज यु ए इ का अदक्ष्य शिव राज जैसी नेपाल पत्रकार महासंघ यु ए ई च्याप्टर, नेपाली समाज का महासचिव मणी भुर्तेल, गोर्खा समाजका कोषाधक्ष नारायण पन्त, व्यवशायी नारायण लम्साल एन आर एन एन सि सि यु ए ई का कोषाधक्ष सुर्य बस्नेत, समाज सेवी रामचन्द्र ढकाल, समाजसेवी उत्तम आधिकारि लगायत उल्लेख्य उपस्थितिमा सम्पन्न सो कार्यक्रम अत्यन्त सौहाद्रपूर्ण रहेको पर्वेक्षकहरुले बताए।