क्यालिफोर्निया । नेपाल विश्व सहयोग संघ एनएजीसीका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु तथा एनएजीसी प्रथम महिला हेमा पनेरुको पच्चिसौं विवाह उत्सवको सुखद अवसरमा एन जी सी क्यालिफोर्निया च्याप्टरले पनेरु दम्पतीलाई सम्मान गरेको छ । पनेरु परिवार र नजीकका नातेदार तथा मित्रहरूको सक्रियतामा आयोजित सो भव्य समारोहमा करिव पाँच सय जना पाहुनाहरूको उपस्थिति थियो

सो अवसरमा एनएजीसीका संस्थापक सदस्य तथा विशिष्ट सल्लाहकार राजन थापा,सान प्रान्सिसकोको लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा समाज सेवी अनिल पाण्डे, नेपाली एसोसियसन अफ नर्दनक्यालिफोर्नियाका अध्यक्ष उत्तम कार्की, नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य बिनोद भट्ट, नेको फाउन्डेसनकाअध्यक्ष विश्व भट्ट लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

सो अवसरमा लस एन्जलस, सान डियगो, तेमेकुला, डेभिस, वूड्ल्यान्ड, सान्ता रोजा, सोनोमा, स्याक्रिमेन्टो,सनिभेल, माउन्टेनभियु, एल सिरिटो, सान पाब्लो, रोस्ज्भिल, बेनिसिया, ओक्ल्यान्ड, बर्क्ली लगायत सहरबाट उल्लेख्य सहभागिता रहेको थियो।

सो समारोहमा एन जी सी अन्तरराष्ट्रिय उपाध्यक्ष ध्रुव थापा तथा युवराज कार्की, एनएजी अन्तरराष्ट्रिय महासचिव जिम ह्यूज, पी एच डी, अन्तर्राष्ट्रिय कोषाध्यक्ष बिष्णु बहादुर कार्की, एन ए एन सी अध्यक्ष उत्तम कार्की, नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष चन्द्र धिताल, लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णका अध्यक्ष लायन तिलक सुनार, स नी सगरमाथा समाजका सस्थापक अध्यक्ष ईश्वर सापकोटा, सोही समाजका वर्तमान अध्यक्ष हरिहर दाहाल, लुम्बिनी कपिलवस्तु शान्ती अभियानका अध्यक्ष किशोर शेरचन्द, मदरल्यान्ड नेपालका अनिल पान्डे, एएनसब्लु जी एन का अध्यक्ष एवम् एन सी तमु समाजकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ, क्यालिपोर्निया नेपाली सोसाईटाकाअध्यक्ष टिका सुबेदी, नाफ्काका पुर्व अध्यक्ष प्रज्वल बज्राचार्य, एभ्रेस्ट क्लबका अध्यक्ष डिकेन्द्र मास्के,क्यालिफोर्निया नेवासमाजका अध्यक्ष बुद्ध महर्जन, समाजसेवी गोविन्द शाही, गोपाल खड्गी, कैलास थापा, घन प्रसाद दवाडी, चीनकाजी श्रेष्ठ,लगायत उल्लेख्य संख्यामा समाजसेवीको उपस्थिति रहेको थियो। सो अवसरमा युरोप, अमेरिका, अस्ट्रेलिया, नेपाल,मध्यपूर्व तथा अफ्रिका, दक्षिण एसिया, नेपाल, क्यानडा लगायत देशहरुमा सक्रिय बिबिध संघ संस्थाहरुका अध्यक्षहरूलगायत पदाधिकारीको शुभकामना सन्देश प्राप्त भएको थियो।

बिभिन्न मनोरन्जक नृत्यहरू र डीजे डान्सले भरिपुर्ण सो रमाइलो उत्सवमा समाजसेवी तारा खरेलले कविता वाचन गर्नु भएको थियो भने लोकप्रि पप गायक अनिश ओकिली साप्कोटाले शुभकामना गान प्रस्तूत गर्नु भएको थियो। अर्वन करीका संचालक पूर्ण शेर्पाको व्यवस्थापन स्वादिष्टनेपाली परिकारको सुव्यवस्थाका लागि सर्वत्र प्रशंसा भएको थियो। अन्त्यमा मणी नेपाली पनेरु तथा हेमा पनेरुले आफूहरूलाई प्रदान गरिएको आदर, सम्मान र चोखो मायाको लागि हार्दिक अभार व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो।