हरि नेपाली ,युएईरगत शनिबार २६ जनवरी २०१३ का दिन बरदुबईको एक होटलमा गोरखा सेवा समाज युएई द्धारा गोरखा सौरपानी १ निवासी नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुलाई सम्मान गरिएको छ। बरदुबईको नेपाली रेष्ट्रुरेन्टमा आयोजित कार्यक्रमको सभापतित्व गोरखा सेवा समाज युएईका अध्यक्ष सुरेश ढकालले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अथितीमा नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु रहनुभएको थियो। त्यस्तै अन्य अथितीहरुमा नेपाल विश्व सहयोग संघ मध्यपुर्ब संयोजक महाप्रशाद धिताल,गोरखा सेवा समाज युएईका संरक्षक उत्तम अधिकारी रहनु भएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अथिती, अथितीहरु,र सम्पूर्ण गोरखाली हरुलाई समाजका कोशाध्यक्ष जनक गुरुङले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन दिनेश पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अथिती एबं नेपाल विश्व सहयोग संघ मध्यपुर्ब संयोजक महाप्रशाद धितालले युएईमा NAGC  का अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुलाई युएईमा स्वागत गर्दै NAGC मध्यपुर्ब च्याप्टरको अवस्थाबारे प्रकाश पार्नुभएको थियो।

त्यस्तै अर्का अथिती गोरखा सेवा समाज युएईका संरक्षक उत्तम अधिकारीले अन्तरराष्ट्रिय संस्था नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्षमा गोरखालीलाई नै पांउदा गर्ब महसुस भएको बताउनुभएको थियो। साथै उहांले संस्थाका अध्यक्ष नै आफ्नो सामु भएको अवस्थामा NAGC  को बारेमा अझै बुझ्ने ईच्छा रहेको बताउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथिति मणी नेपाली पनेरुले NAGC ले गर्ने कामको बारेमा प्रष्ट पार्दै संग बिभिन्न बिषयमा साझेदारीमा काम गर्न सकिने प्राबधान रहेको भन्दै गोरखा सेवा समाज युएईलाई पनि साझेदारीमा काम गर्न अनुरोध गर्नुभएको थियो। उहांले युएईमा यसरी सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै गोरखा सेवा समाज युएईलाई धेरै(धेरै धन्यवाद दिंदै गोरखा सेवा समाज युएईको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो।

गोरखा जिल्लामा जन्मेर पनि देश बिदेशमा पनि सफल समाज सेवीको रुपमा परिचित हुनुभएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमका सभापति तथा गोरखा सेवा समाज युएईका अध्यक्ष सुरेश ढकालले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो।

http://mybutwalonline.blogspot.com/2013/01/NAGC.html