काठमाडौं–सुप्रसिद्ध समाजसेवी मणि नेपाली पनेरु क्यालिफोर्नियामा ‘एनएएनसि नेपाल साँझ २०१८’ को बिशेष समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित भएका छन् । पनेरुलाई उहाँको गृह राज्य क्यालिफोर्नियामा लामोसमयदेखी निस्वार्थ सेवा पु¥याएबापत अवार्ड प्रदान गरिएको हो । पनेरु सन् २०१६ मा अमेरिकाको ह्वाइट् हाउसबाट प्रदान गरिने प्रेसिडेन्ट भोलेन्टियर सर्भिस (स्वर्ण) लगायत नेपाल दुबई, युकेलगायत अमेरिकामा बिभिन्न समयमा सम्मानित भईसकेका छन् ।

यहा सम्पन्न नेपाल साँझ समारोहमा पनेरुलाई सो सम्मान एनएएनसिका अध्यक्ष रविन्द्रकुमार राई तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्कीले संयुक्त रुपमा प्रदान गरेका हुन् । एनएएनसि र एनसिसि तथा बिभिन्न संघसंस्थामार्फत क्यालिफोर्निया र समग्र नेपाली समुदायको लागि उत्कृष्ट सेवा पु¥याएबापत सो सम्मान गरिएको वताइएको छ । नेपाल विश्व सहयोग संघ (एनएजिसी) ग्लोबलका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बर्कली अन्नपूर्णका चार्टर सेक्रेटेरी, पास्ट प्रेसिडेन्ट, Lions International, District 4C3 का जोन चिअरको रुपमा समेत सेवा पु¥याईसकेको र बे एरियामा रहेका अन्य थुप्रै संस्थाहलाई पनि सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीको रुपमा सेवा पु¥याइसकेका छन् । पनेरु क्यालिफोर्नियामा आफ्नो सुन्दर परिवार पत्नी हेमा तथा छोराछोरीहरु सपना, महिमा, एलिजा तथा अभिषेकका साथ रहँदै आएका छन्. । एनएएनसिको वार्षिक रुपमा सम्पन्न भएको नेपाल साँझ २०१८ कार्यक्रमको संस्थाका अध्यक्ष रविन्द्र कुमार राईले सभापतित्व गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव प्रितेश कार्कीले गरेका थिए । संंस्थाकी ऊपाधक्ष हेमा पनेरुको स्वागत मन्तव्यको साथ सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि बरीष्ठ सङीतकार मदन दीपबिम,नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष उत्तम कार्की, पूर्व अध्यक्ष घनप्रसाद दबाडी, कार्यक्रम सँयोजक सागर श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

अवार्ड बिजेता पनेरुले नेपाली एसोसिअयन अफ नर्दर्न क्यालिफोर्निया NANC तथा नेपाली कम्युनिटी सेन्टर NCC लाई सो सम्मानको लागि हार्दिक कृतज्ञताका साथै धन्यवाद दिएका थिए । पनेरु सो अवार्डको लागि योग्य व्यक्ति भएको कार्यक्रमका सहभागीहरुले मन्तब्य राखेका थिए । औपचारिक कार्यक्रमको समाप्ति पछि मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कोरियोग्राफर तथा समाजसेवी बिन्दु सापकोटाले गरेको साँस्कृतिक संयोजन गरिएको उक्त अवसरमा सुपरिचित र लोकप्रिय स्थानीय गायक गायिकााहरु लक्ष्मी खरेल थापा, ताल्मान मगर, रन मगर, नीता थुलुङ्ले आफ्नो उत्कृष्ट प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । यस्तै उत्कृष्ट स्थानिय नृत्यकारहरु सफलता दुलाल, प्रार्थना कार्की, प्रतिक रावत, आर्यमान दाहालको मौलिक नेपाली सँस्कृति झल्काउने नृत्यले उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । सो अवसरमा सह संस्थापकको रुपमा सहभागी संघ संस्थाहरु, चन्दा दाताहरुलाई सम्मान गरिएको थियो भने कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ०९:११

http://newslinesnepal.com/2018/11/12/8212/