अमेरिका क्यालिफोर्निया राज्यको सुन्दर नगरि सान फ्रान्सिस्कोमा एक नितान्त फरक खालको कार्यक्रम सम्पन्न भएको छ। पश्चिम अमेरिका नेपाली महासंघ(WANA) नेपाल विश्व सहयोग संघ (NAGC) तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालको संयुक्त आयोजनामा राष्ट्र सेवक द्वय ए आई जि पि केदार प्रकाश साउद तथा ए आ ई जि पि सुरेन्द्र बहादुर शाह जनसेवा सम्मानपत्र द्वारा सम्मानित हुनुभएको छ।नेपाल प्रहरीमा रही  लामो समयसम्म देश र जनताको सेवा गरी नेपाली समाजलाई गुन लाउनु भएबापत उहाँहरु सम्मानित हुनु भएको हो। एकै पटक नेपाल प्रहरीमा प्रवेश गर्नु भएका साउद तथा शाह झन्डै तीन दशकदेखी अनवरत रुपमा सेवारत हुनु हुन्छ। सधैं राजनैतीक नेताहरुको लागि कार्यक्रम राख्ने गरिएकोमा यस पटक राष्ट्र सेवकहरुको सम्मान खातिर यो बिशेष समारोह आयोजना गरिएको आयोजकहरुले बताएका छन।
 
सो समारोहको सभापतित्व आयोजक संस्था पश्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष तथा लोकप्रिय र सम्मानित समाज सेवी उत्तम कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एन आर एन एन सि सि यु एस् ए का मिडिया को अर्डिनेटर तथा अनेसास  क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सर्वग्य वाग्लेले रोचक ढङ्गले गर्नु भएको थियो। सो अवसरमा नेपाली जनसंपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टर कि उप सभापति लक्ष्मी कार्की, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष हेमा पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज नेपालकी प्रतिनिधि तथा समाज सेवी कल्पना दाहालले सम्मानित व्यक्तित्वहरुलाई खादा लाएर सम्मान गर्नु भयो। तत्पस्चात आयोजक संस्थाहरु वानाका अध्यक्ष उत्तम कार्की, एन ए जि सि का अध्यक्ष मणी नेपाली पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालका अध्यक्ष दुर्गा दाहालले संयुक्त रुपमा सम्मान पत्र प्रदान गर्नु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदकी धर्म पत्नी बन्दना रायमाझी साउदको पनि उपस्थिती थियो।
 
ए आ ई जि पि केदार प्रकाश साउदको जन सेवा सम्मान पत्रमा भनिएको छ, यहाँले  बिगत तीन दशक देखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको छ।बिशेष गरी लागु औषधको ओसार पसार तथा प्रयोगले आक्रान्त समाजलाई सो बिकृतिबाट जोगाउन जुन इमान्दारी र निष्ठाको साथ काम गर्नु भएको छ, नेपाली समाज यहाँ सङ्ग सदा ऋणी रहने   छ।   त्यसै गरी अर्का सम्मानित व्यक्तितित्व ए आ ई जि पि सुरेन्द्र बहादुर शाह लाई बिगत लामो समयदेखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको , बिशेष गरी अपराध अनुसन्धान र प्रहरी तालिमको क्षेत्रमा   पुर्याउनु भएको योगदान महत्वपूर्ण तथा प्रसँसनीय छ भन्दै सम्मान गरिएको उहाँको जन सेवा सम्मानपत्रमा उल्लेख छ।
सम्मानित व्यक्तित्वहरुले आफूले पाएको न्यानो आतिथ्य र सम्मान पाएको मा भाव बिहोर हुँदै हार्दिक आभार व्यक्त गर्नु भएको छ। उहाँहरुले आ आफ्ना अनुभवहरु बडो रोचक ढङ्गले सुनाउँदै नेपाल प्रहरी राष्ट्र र जनताको सच्चा सेवक भएको र राष्ट्रको हितलागी प्राण हत्केलामा राखी अगाडि बढीरहेको भाव व्यक्त गर्नु भयो। उहाँहरुले आयोजक संस्थाहरुलाई सो सम्मानको लागि हार्दिक धन्यवाद दिँदै सो बाट आफूहरुलाई अझ देश र जनताको सेवा गर्न हौसला मिलेको कुरा बताउनु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदले नेपाल प्रहरिको तर्फबाट आयोजकहरु मार्फत उत्तर क्यालिफोर्नियाका नेपालीहरुलाई एक मायाँ को चिनो प्रदान गर्नु भएको छ। सो मायाँको चिनोलाई नेपाली सामुदायिक भवन किने पछी सो भवनमा स सम्मान राखिने कार्यक्रमका सभापति तथा एन सि सि सँयोजक उत्तम कार्किले बताउनु भयो।
सो कार्यक्रममा आओजक संस्था ग्लोबल कल्चरल एक्स्चेन्ज नेपालका अध्यक्ष तथा समाजसेवी दुर्गा दाहालले स्वागत  मन्तव्य दिनु भयो भने अर्को आयोजक संस्था नेपाल विश्व सहयोग संघका संस्थापक  तथा अन्तर राष्ट्रिय  अध्यक्ष मणी नेपाली पनेरुले धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रममा अन्य वक्ताहरुमा समाज सेवी बिष्णु शाह, नान्सका पूर्व कोषाधक्ष नारायण प्रशाद पोखरेल लगायतले  पाहुनाहरुको  स्वागत सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा व्यक्त गर्नु भयो। सो कार्यक्रममा नेपाली जन संपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, बरीष्ठ उपसभापती नारायण खनाल, उप सभापति लक्ष्मी कार्की, महा सचिव हरी भट्ट, कोषाधक्ष गोमा लिम्बु, तमाङ क्प अपरेशन सोसाइटीका अध्यक्ष कुमार डोङ, नान्सका पूर्व कोषाधक्ष प्रेम लामा, पत्रकार सुशान्त गैँडा, लस यन्जलस बाट एक देव शर्मा तथा कर्ण चन्द लगायत उल्लेख्य तथा प्रतिनिधिमुलक उपस्थिती रहेको थियो। कार्यक्रम पछी ए आई जि पि द्वय केदार प्रकाश साउद र सुरेन्द्र बहादुर शाहको सम्मानमा रात्री भोज सम्पन्न भएको थियो। सो कार्यक्रम स्तरिय, मौलिक र व्यवस्थित भएको भन्दै देशका गैर राजनैतीक व्यक्तित्वहरुको सम्मानको यो शिलसिलालाई निरन्तरता दिन पर्ने सहभागीहरुले बताएका छन।