पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विस्व सहयोग संघ एन ए जि सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भुकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जि सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सँकलन, व्यवस्थापन र पुनर्निर्माणको लागि एक संयुक्त खाता समेत् खोलिएको छ।  ती सस्थाहरुले एक संयुक्त वक्तव्य निकाल्दै भनेको छ,”भुकम्पले आक्रान्त हाम्रो मातृभूमीमा हाम्रा प्रियहरुको आर्तनादले हामी सबैलाई आहत बनाइरहेकै छ। भुकम्पपीडितहरुको चहराइरहेको घाउमा राहतको मलम लगाउने प्रयासमा जो जती लाग्नु भयो तपाईंहरुलाई धन्यवाद छ, साधुवाद छ। यस् दु:खदघडीमा नेपालका मित्रहरुले जुन स हृदयता देखाइरहनु भएको छ सो सदा स्तुत्य छ।“
संयुक्त प्रयासको प्रथम चरणमा यही जुन २८ आइतवार बेनिफिट फर नेपाल नामक कार्यक्रम हुन गैरहेको पश्चिम अमेरिका नेपाली महासंघ वानाका नवनिर्वाचित अध्यक्ष उत्तम कार्किले जानकारी दिनु भएको छ।  सो कार्यक्रमलाई निशुल्क हल उपलब्ध गराउँदै बाजिलियन समुदाय सास्कृतिक सस्था बाजआर्टबाट सास्कृतिक कार्यक्रम गरी चन्दा उठाउन सहयोग गरिने कुरा सो कार्यक्रमका सहसँयोजक निक हार्बेले बताएका छन।
सो कार्यक्रममा बिनासकारी भुकम्प सम्बन्धी ब्रित्त चित्रदेखाउनका साथै पुनर्निर्माण परीयोजना बारे बिशेष प्रस्तूती हुनेछ। सो अवसरमा बाजिलियन तथा नेपाली सास्कृतिक कार्यक्रम देखाइने छ। सास्कृतिक सँयोजन, भोजन तथा कार्यक्रम  व्यवस्थापनमा समाजसेवि बिन्दु सापकोटा, पूर्ण शेर्पा तथा लक्ष्मी खरेल थापा लगायतको मह्त्वपूर्ण सहयोग रहेको कुरा पर्यवेक्षकहरुले जनाएका छन सो कार्यक्रमको प्रवेश शुल्क स्वादिष्ट नेपाली भोजन समेत गरी २० डलर राखिएको छ। १९०१ सान् पाब्लो याभन्यु,  बर्क्ली, क्यालिफोर्निया ९४७०३ मा सम्पन्न हुने सो कार्यक्रम बेलुका ५:१५- देखी १०:०० सम्म हुनेछ। भुकुम्प पीडित नेपालका प्रियहरुलाई सहयोग गर्न सो कार्यक्रमलाई हर तरहबाट सहयोग पुर्याउन अनुरोध गरिएको छ।