मणी नेपाली पनेरुको जन्म सन १९६३ जुन ६ का दिन गोर्खा जिल्लाको सौरपानी भुवानेमा भएको हो। उहाँका पिता गंगाधर पनेरु तथा माता डिल कुमारी पनेरु हुनुहुन्छ। उहाँ हाल आफ्नी धर्मपत्नी हेमा पनेरु ( Nepalses Association of Northern California NANC कि उपाधक्ष) तथा ४  छोरा छोरीहरु सपना, महिमा, एलिजा र अभिशेक  सङ्ग क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे   एरियामा बस्नु हुन्छ। सानैमा माता पिताको काखबाट बन्चित मणी नेपाली पनेरुको वाल्यकाल संघर्षमय रुपमा वितेको थियो। सौरपानीको श्री हिमालय उच्च मावी, आरुघाट स्थित श्री भिमोदय उच्च मावी, काठमान्डौको परोपकार आदर्श हाइ स्कूल (हाल उच्च मावी) बुढानिलकण्ठ स्कूल, गोदावरी टौखेल स्थित    किटिनी हाइ स्कूल, नेपाल स्थित  त्रिभुवन विश्व विध्यालय तथा क्यालिफ्रोर्निया अमेरिकाको ब्र्यान्डम्यान युनिभर्सिटीमा अध्ययन गर्नु भएको थियो। उहाँ एम ए, एम एड हुनाका साथै क्यालिफोर्निया मा हाइली क्वालीफाइड् टिचर हुनु हुन्छ भने आप्रवासन सम्बन्धी ल फर्ममा पनि काम गर्नु हुन्छ।

उहाँले २०३५ सालमा बि पि कोइराला सङ्ग भेटे पछी तात्कालिन पन्चायति तानासाही व्यव्स्थाको विरुद्द सडकमा उत्रने निर्णय गर्नु भएको थियो। सोही बर्ष महाकवी लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र पद्म प्रशाद देव्कोटाको सहयोगमा महाकवीको लोकप्रिय क्रान्तिकारी गिती काव्य पहाडी पुकार रस्मी प्रकाशनको नाम बाट प्रकासित गरी व्यापक बितरण गर्नु भएको थियो। सो गिती काव्यले सो समयमा क्रान्तिकारीहरुको मनमा उर्जा थपेको विश्वास गरिन्छ। सो समयमा उहाँले अन्य पार्टिका नेताहरुलाई समेत भेटेर विचार विमर्श गर्नु भएको थियो।  उहाँ २०३६ सालको आन्दोलनमा विध्यालय स्तरबाट नेत्रित्व पँक्तिमा रही जेलमा समेत पर्नु भएको थियो। उहाँले सुर्य ज्योति हाइ स्कूलमा ताकु गोर्खा, परोपकार हाइ स्कूल, जौबारी गोर्खा, एभ्रेस्ट बोर्डिङ स्कूलको शिक्षक हुनाका साथै, काठमान्डौको सानेपा स्थित नाजरथ स्कूल, गोर्खाको च्याङ्ली स्थित स्वप्नकुन्ज बोर्डिङ स्कूलको प्रिन्सिपल, युनिक एकेडेमी चितवनको भाईस प्रिन्सिपल, ओल्ड क्यापिटल हाइ स्कूल गोर्खाको असिस्टेन्ट प्रिन्सिपल, नाइटिङ्गेल इन्टर्न्यासनल स्कूलको एडुकेसन कन्सल्टेन्ट, होलिल्यान्ड इन्टर्न्यासन्ल बानेश्वर काठमान्डौको कार्य वाहक प्रिन्सिपल तथा नयाँ वानेस्वर स्थित  नोबेल एकेडेमिको विध्यालय प्रमुखको रुपमा सेवा पुर्याउनु भएको छ।

समाज सेवामा पनेरुको निकै लामो योगदान छ। उहाँ बुढानिलकन्ठ स्कूलमा रहँदा, त्यहाँको पहिलो पत्रीका रश्मीको प्रधान सम्पादक तथा न्याट्य समूहको सभापति हुनुहुन्थ्यो। उहाँले सन १९७६ मा पहिलो एकल चित्रकला प्रदर्शन गरी नेपालको पहिलो एकल प्रदर्शन गर्ने बाल कलाकार बन्नु भएको थियो। २०३५ देखी २०३७ सम्म उहाँ विध्यार्थीको हैसियतले नेपालमा लोकतन्त्र स्थापना गर्न सकृय हुनुहुन्थ्यो। उहाँ प्रान्जल नामक साहित्यिक पत्रीकाको अतिथी सम्पादक,गोर्खामा स्थापित पृथ्वी साँस्कृतिक  परिवारको सह संस्थापक, नेपाल सुकुम्वासी बेरोजगार समाजको महासचिव तथा नेपालको अत्यन्त सफल राष्ट्रिय स्तरको संस्था उन्नतिशिल नेपाली समाजको संस्थापक अधक्ष्यको हैसियतले नेपाली समाजलाई गुन लाउनु भएको छ।

सन २००३ मा जापान सरकारको परराष्ट्र मन्त्रालयको साँस्कृतिक आदान प्रदान कार्यक्रम अन्तरगत नेपाली टोलिको नेताको रुपमा जापान भ्रमण गर्नु भएको थियो भने सोही साल संयुक्त आधिराज्यको प्रिन्सिपलहरुको संस्थाको सम्मेलनमा अन्तरराष्ट्रिय अतिथिको रुपमा सो मुलुकको भ्रमण गर्नु भएको थियो। सो सम्मेलनमा सहभागी हुने पनेरु नेपालको पहिलो व्यक्ती हुनुहुन्छ। सोही अवसरमा पनेरुले लण्डनमा  आफ्नो एकल चित्रकला प्रदर्शन पनि गर्नु भएको थियो। जसको बेलायतको पत्र पत्रीकाले मह्त्वपूर्ण स्थान दिएर समाचार छापेको थियो।

उहाँ सन २००४ को फरवरि १४ (सँयोग वस भ्यालेन्टाइन डे) अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै अमेरिका प्रवेश गर्नु भएको हो। अमेरिका आए लगत्तै उहाँ हेल्पिङ ह्यान्ड अफ द हिमालयज नामक संस्थाको सचिवको हैसियतले सेवा पुर्याउँदै आउनु भएको थियो। सन २००६ मा ज्ञान पंथ तथा राजेन थापा सँग सहकार्य गर्दी पश्चिम तटको पहिलो नेपाली लायन्स क्लब, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको  स्थापना गरी चार्टर सेक्रेटेरिको हैसियतले  यो क्लबको बिकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँ २००८ २००९ को सो क्लबको अध्यक्षको हैसियतले गोर्खा लायन्स क्लबसँग भगिनी सम्बन्ध स्थापना गरी गोरखा आँखा अस्पातलको निर्माणमा कोशे ढुङ्गाको भूमिका निर्वाह गर्नु भएको थियो। उहाँ लायन्स इन्टरन्यास्नल डिस्ट्रिक्क्ट 4C3 को जोन चिअर तथा सर्टिफाइड् गाइडिङ लायनको हैसियतले सेवा पुर्याउनु भएको छ।

मणी नेपाली पनेरुले माथिका बिभिन्न संघ संस्था हरुबाट योगदान पुर्याउनु भए पनि उहाँलाई नेपाल विश्व सहयोग संघ को संस्थापक तथा अन्तरराष्ट्रिय अधक्षको रुपमा परिचित हुनुहुन्छ।सन २००८ मा क्यालिफोर्नियामा दर्ता भएको सो संस्था अमेरिकाका बिभिन्न राज्य लगायत नेपालीहरुको घना वस्ती भएका देशहरुमा शाखा खोली नेपालीहरुको हक हीतको लागि सेवारत छ। नेपालीहरुको विश्वव्यापी एकता नै यो संस्थाको प्रमुख उद्देश्य रहेको छ। एन आर एन क्यालिफोर्निया सल्लाहकार समेत रहेका पनेरु अमेरिकाको आप्रवासन सन्दर्भ र अल्प सँख्यक् दमनका  वर्तमान असहज परिस्थितीमा नेपाली एकता अपरिहार्य ठान्नु हुन्छ।

पनेरु २०१७ देखी २०१९ को लागि एन आर एन एन सि सि यु एस ए को उपाधक्ष पदमा उम्मेदवारि समेत दिनु भएको थियो। तात्कालिन परिस्थितीमा  परिस्थितीमा एन आर एन  एकताको कडी हुन सक्ने आशाले  एन आर एन को हात बलियो पार्न एन आर एन आफू  उपाधक्षमा उम्मेदवारि दिएको बताउनु हुछ। त्यत्ती नै खेर एन ए जि सि, लायन्स क्लब आदी संघ संस्था मार्फत धेरै समय खर्चेर स्माज सेवा गरे बापत अमेरिकाको प्रतिष्ठित अवार्ड प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड २०१६ स्वर्ण बाट बिभुशित हुनु भयो। सो उपलब्धी  पछी पनेरुले आफ्नो उम्मेदवारी बारे पुनर्विचार गर्नु भएको थियो। तात्कालिन परिस्थितीलाई मध्य नजर गर्दै एन ए जि सि ग्लोबल अडभाइजर तथा सामाजिक सहकर्मी उमा कार्की थापाको पक्षमा उम्मेदवारि फिर्ता लिई उहाँको पक्षमा निर्वाचन अभियानमा लाग्नु भएको थियो। सो निर्वाचनमा उमा कार्की थापाले बिजय हासिल गर्नु भएको थियो।  पनेरु  नेपाली एकताको प्रवल   पक्षधर हूनुहुन्छ। उहाँ भन्नुहुन्छ  हामीहरुले सबै राजनिती, धर्म, भाषा, जातियता र क्षेत्रियता  भन्दा माथि उठेर देश र समाजको हीतको लागि काम गर्नु पर्छ। एन ए जि सि को संस्थापक पनेरुको समाजसेवाको लामो ईतिहास, फलदायी अनुभव र बहुमुखी योग्यता तथा देशभक्तीको  अकुट भावनाको सम्मान गर्दै उहाँको सत्प्रयासलाई नैतीक  समर्थन गर्नु  र उहाँसङ्ग सहकार्य गर्न नेपाली समाजको उन्नतिको लागि महत्वपूर्ण  योगदान हुने छ।

President Corner's & Award

Proudly powered by Themelexus.com