नेपाल विश्व सहयोग संघ कोलोराडोको अमर बचाउ अभियान

जगन्नाथ गौतम । नेपाल विश्व सहयोग संघको आवहानमा संघको कोलोराडो च्याप्टरले संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्युदण्डको सजाय भोगिरहेका निर्दोस नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियान चलाएको छ ।
संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ परेका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखित रूपमा जनाएपनि अहिलेसम्म हजारौ पटक मर्दै बाँचिरहेका छन् । उनलाई जेलमा भेट्न जानेहरूसँग आफू कैयौं राती कहीले गोली हानेर मारेको कहीले फाँसी दिएको सपना देख्ने गरेको बताउने गर्छन् र आफू निर्दोष छु भनेर भल्भल्ती आसुँ झार्छन ।
निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्याए । उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । कानुनी उपचार नपाएका बमले अपिल गरेमा वा नेपाल सरकारले कुट्नैतिक पहल गरेमा उनी छुट्छन भन्नेमा सबैको विश्वास पाइए पनि हाल सम्म उनको लागि ठोस कार्य हुन सकेको छैन ।
नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय निर्देशक जगन्नाथ गौतमको प्रमुख आतिथ्यमा कोलोराडोमा अमर बचाउ कार्यक्रम एक समारोह बीच सम्पन्न भयो । उक्त कार्यक्रममा कोलोराडो स्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र बरिस्ठ महानुभावको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गदै जगन्नाथ गौतमले मानव अधिकारको बारेमा प्रकाश पार्दै जिवन बचाउनु आँफैमा एक महान कार्य हो, त्यसमा पनि एक नेपालीलाई विदेशको माटोमा मृत्युको मुखबाट बचाउन सकियो भने हामी सबैको लागि गर्वको कुरा हुनेछ तसर्थ निर्दोस नागरिकलाई बचाउँ भन्दै सो को लागि सहयोगको लागि अपिल गर्नुभयो । नेपाल विश्व सहयोग संघका कोलोराडो च्याप्टरका सभापति कमल कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सभापति कार्कीले यस कार्यको लागि सहयोग गर्न सबै संग अनुरोध गर्नुभयो तथा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो।
http://www.nepal24hours.com/np/archives/5409

एन.आर.एन. युएसए अमर बचाउ अभियानमा

बोस्टन प्रतिनिधि
बोस्टन – ।  लामो समय देखि दुबइको जेलमा रहेका मृत्यु दण्डका फैसला सुनाइएका अमर बहादुर बमलाइ बचाउने उद्देश्यले हिजो बोस्टनमा “अमर बचाउ अभियान सम्भावना र चुनौति” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
एन आर एन को संरक्षकत्वमा हालसालै गठित उच्च स्तरीय अमर बचाउ राष्ट्रिय समन्वय परिषद, यु एस ए बने पछि सो अभियानले थप प्रगति गर्न थालेको छ । परिषदकी सभापति उमा कार्की थापाको पहलमा क्यालिफोर्नियाको लस एन्जलस देखि सुरु भएको जनचेतना कार्यक्रम अब अमेरिकाका बिभिन्न राज्य र सहरहरुमा पनि सुरु भएका छन् । सो अभियानलाई सुत्रपात गर्ने नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु अहिले अमेरिकाका बिभिन्न राज्यहरुको सद्भावना भ्रमणमा हुनुहुन्छ ।
एन आर एन एन सी सी यु एस ए का अध्यक्ष तथा परिषदका संरक्षक प्रल्हाद के. सी. को सभापतित्वमा भएको सो कार्यक्रममा ग्रेटर बोस्टन नेपाली सामुदायिक केन्द्रका (GBNC) अध्यक्ष लीला रावत, GBNC सचिव तथा हिमालयन लायन्स क्लबका सदस्य बिष्णु मणी आचार्य, अमेरिका फाउन्डेसनका राजाराम के सी, नेपाल अमेरिका फाउन्डेसनका युवराज रायमाझी, NWGN का प्रुडेन्स के सी ANF का नील के सी GBNC का सन्तोष के सी सन्ध्या के सी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले अमर बमको बिषयमा बनाइएको बिष्त्रित पावर प्वाइन्ट प्रिजेन्टेसन प्रस्तूत गर्नु भएको थियो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै के सी ले नेपाल विश्व सहयोग संघको आव्हानमा गठन भएको उच्च स्तरीय परिषदले भरखरै काम सुरु गरेको र संरक्षकको हैसियतले आफ्नो व्यक्तिगत र सस्थागत रुपमा पूर्ण सहयोग रहने बताउनु भयो । पनेरुले अत्यन्त छोटो समयको सूचनाको बाबजुद कार्यक्रमको आयोजना गर्नु भएकोमा प्रह्लाद के सी तथा वहाँको धर्म पत्नीलाई हार्दिक आभार प्रकट गर्दै उपस्थीत सम्पुर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो । सो छलफल तथा अन्तर क्रियाकार्यक्रम फलदायी भएको र प्राप्त सुझावहरूलाई परिषदमा प्रस्तूत गरी कार्यान्वयन गर्न आफ्नो इमान्दारी पुर्वकको सत्प्रयास रहने पनि पनेरुले बचनबद्द्ता प्रकट गर्नु भएको छ ।
सो अवसरमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष लीला बहादुर रावतलाई अमर बचाउ राष्ट्रिय परिषदकी सभापति उमा कार्की थापाले परिषद प्रवेश गर्न अनुरोध गरि लेखिएको पत्र परिषदका facilitator मणी नेपाली पनेरुले हस्तानन्तरण गर्नु भयो । सामान्य औपचारिकता पछि ग्रेटर बोस्टन नेपाली कम्युनिटी अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा प्रवेश गर्ने बताइएको छ । सो कार्यक्रममा अमर सम्बन्धी पोस्ट कार्ड र फ्लाएरहरू बितरण भएको थियो ।
उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो – हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपायहरू छन् 1. उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने, 2. हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्यद्वारा माफी प्राप्त गर्ने । त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ ।
भ्रमणकै सिलसिलामा पनेरुले एन आर एन एन सी सी क्यानडाका अध्यक्ष डा. बिनोद के सी तथा नेपलिज क्यानेडियन कम्युनिटी सेन्टरका अध्यक्ष लगायतका नेताहरू सँग टेलिफोन वार्ता गर्नु भएको थियो । क्यनडामा पनि अमर सम्बन्धी कार्यक्रम लिएर टोरोन्टो भ्रमण गर्ने योजना भए पनि प्राविधिक कारणले सो रद्द भएको कुरा पनेरुले बताउनु भएको छ । कार्यक्रम पश्चात पनेरु सोही राती बाल्टिमोर तीर लाग्नु भएको थियो । पनेरुको अमेरिकाको पुर्वी तटलाई (क्यानडाको सिमाना देखी सुदूर दक्षिण फ्लोरिडाको मायामी सम्म) छिचोल्दै अमर बचाउ अभियान वारे जन चेतना जगाउने र अन्य संघ सस्थाहरूसँग वार्ता गर्दै साझेदारी तथा सहकार्य गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एट्लान्टामा मणी नेपाली पनेरु सम्मानित

हरिहर दाहाल, एट्लान्टा । नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको एट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुलाई एट्लान्टा बासी नेपालीहरूको तर्फबाट एट्लान्टाको लोगो अङ्कित टोपी पहिरयाउनु भयो भने सोही संस्थाका उपाध्यक्ष धन तिमिलिसिनाले खादा ओडाएर सम्मान गर्नु भयो। सो अवसरमा नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष सन्जीव सापकोटाले सम्मान उपहार स्वरुप प्लेक प्रदान गर्नु भयो। कार्यक्रमको आरम्भमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुको बहु आयामिक व्यक्तित्वमाथि बिस्त्रित प्रकाश पार्नु भएको थियो। सो कार्यक्रमको लागि उपाध्यक्ष धन तिमिल्सिनाको संयोजकत्वमा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद का NASeA प्रतिनिधि मोहन बिष्ट, तथा लीला बहादुर कार्की सदस्य रहेको एक विसेष समिति बनेको थियो।
नेपाल विश्व सहयोग संघको आव्हानमा हालसालै गठन भएको अमर बचाउ राष्ट्रिय सवन्वय परिषदको फेसिलिटेटरको हैसियतले उहाँ अमेरिकाका पुर्वी राज्यहरूको सद्भवना भ्रमण गर्ने क्रममा उहाँ एट्लान्टा पुग्नु भएको थियो। नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका NASeA का अध्यक्ष सन्जीव सापकोटाले पनेरुको स्वागत गर्दै आफ्नो निवासमा आतिथ्य प्रदान गर्नु भएको थियो। त्यसै गरि आफूलाई भावपुर्ण स्वागत र न्यानो आतिथ्य प्रति अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष राजा घले तथा पनेरुका हितैषी मित्र अनिल कोइराला प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। सो अवसरमा पनेरुले अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक पावर प्वाइन्ट प्रस्तुती गर्नु भएको थियो।
नासियाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महा सचीव लगायत अमेरिकाका दक्षिण पुर्वी राज्यहरू जर्जिया, अलाबामा, उत्तर क्यरोलायना, दक्षिण क्यारोलायना, फ्लोरिडा आदीको प्रत्यक्ष एवं बिधुतीय सहभागिता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। प्रस्तुती पस्चात जिग्यासुहरूले राखेको प्रश्नको जबाफ दिँदै पनेरुले बताउनु भयो, “यो भ्रमण अमरको लागि चन्दा अभियान नभैकन अमर बमको निर्दोषिता बारे जन चेतना जगाउने र अमर बचाउ राष्ट्रिय सवन्वय परिषदलाई ससक्तिकरण एवं बिस्तार गर्ने उद्देश्य रहेको बताउनु भएको छ।
यस क्रममा स्वत: स्फूर्त रुपमा चन्दा पनि उठिसकेको बताउँदै पनेरुले भन्नु भयो, “अमर बमको पिता कर्ण बहादुर बम र स्वयम् अमर बहादुर बमले कुनै पनि हत्कण्डा प्रयोग गरेर अमरलाई बचाउने अनुरोध् गरेका छन् र आफूहरूलाई के गरेर हुन्छ थाह नभएको बताएका छन।“ नेपाल विश्व सहयोग संघले अनुसन्धान गरि पत्ता लाउँदा अमरलाई बचाउने प्राथमिकताको आधारमा निम्न ३ उपायहरू रहेका प्रकाश पारियो।
१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनीको आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने संस्थाहरू र व्यक्तीहरूले आशंका व्यक्त गरे पनि त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।
युएईमा बिभिन्न संघ संस्थाहरू नेपाली समाजको नेतृत्वमा अमर बचाउ सवन्वय समिती बनाएर पहिला देखि नै कार्यरत थिए। सो सवन्वय समितिमा नेपाली समाज, नेपाल विश्व सहयोग संघ युएई, एनआरएन एनसीसी युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली प्रवासी संघ यूएई, नेपाली एकता समाज यूएई, जनजाती महासंघ यूएई, पत्रकार महासंघ यूएई, रहेका छन्। त्यसै गरी नेपालमा नेपाल विश्व सहयोग संघ नेपाल, प्रवासी नेपाली सवन्वय समिति नेपाल र नेपाली समाज युएई सँलग्न सवन्वय समिति मार्फत व्यापक रुपमा जन चेतना र सरकार समक्ष जनदबाबमा सक्रिय रहेको छ। अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा एन आर एन एन सी सी USA , NASeA, ANMA, WANA, डलास एभ्रेष्ट लायन्स क्लब, तथा बुढानिलकन्ठ स्कूलको पूर्व विध्यार्थीहरूको संगठन SEBS-North America र नेपाल विश्व सहयोग संघ, अमेरिका जस्ता प्रभावकारी संस्थाहरू रहेका छन्। परिषदमा अन्य संस्थाहरू पनि प्रवेस गर्ने निस्चित भएको छ।
हाल सालै नेपाली समाज युएई का अध्यक्ष कृष्ण ढकाल प्रवासी नेपाली सवन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे तथा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाध्यक्ष तथा सेभ अमर इन्टरन्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद देवकोटाको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मन्डलले प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो। भेट्मा प्रधानमन्त्री भट्टराइले अमरलाई बचाउने पहल गर्न आफू युएई जान तयार रहेको कुरा व्यक्त गरेका थिए। यसै क्रममा मणी नेपाली पनेरुले सम्पुर्ण संघ संस्था एवम् नेपाली दाजुभाई दिदि बहिनिहरूलाई अमर बचाउ अभियानमा सम्मिलित भएर प्राण जोगाउने जस्तो महान पुण्य कमाउन आव्हान गर्नु भएको छ।

युएईको दुबई जेलमा मृत्युदण्डको सजाय पाएका दार्चुलाका अमरबहादुर बमको परिवारलाई आर्थिक सहयोग

 (२०६९ ज्येष्ड २१, आइतवार)
 
दार्चुला – यु ए ईको दुबई जेलमा मृत्युदण्डको सजाय पाएका दार्चुला धारी ५ का अमरबहादुर बमको परिवारलाई नेपाल विश्व सहयोग संगठनले शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । अमर बमकी श्रीमती धनिसालाई शुक्रबार दार्चुलामा पुगेका संगठनका उपाध्यक्ष राजेन्द्र देवकोटाले ५० हजार आर्थिक सहयोग प्रदान गरेका हुन् । नेपाल विश्व सहयोग संगठन लगायतका संस्थाले बमको जीवन रक्षाका लागि अन्तरराष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्न ‘अमर बचाउ अभियान’ सुरु गरेका छन् ।
अमरलाई मृत्युदण्डको सजायबाट जोगाउन सहयोगको गुहार गर्दै आर्थिक समस्यामा डुबेको अमरको परिवार ऋण लिएर काठमाडांै पुगेको थाहा पाएपछि संठगनको तर्फबाट आर्थिक सहयोग गरेको केन्द्रीय उपाध्यक्ष राजेन्द्र देवकोटाले बताए । ‘आर्थिक संकटमा परेको परिवारलाई अझ थप सहयोग गर्न खोजेका छौं,’ उपाध्यक्ष देवकोटाले भने, ‘अमरलाई उतै भेट्न जाने अवस्था आए पनि आर्थिक समस्या नपरोस् भन्ने संगठनको चाहना हो ।’ अमरलाई मृत्युदण्डबाट जोगाउने पहल गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपति भेट्न डेढ महिनाअघि १५ हजारमा गहना बन्धक राखेर श्रीमती धनिसा र बुवा कर्णबहादुर बम काठमाडौँ गएका थिए ।
सदरमुकाम खलंगामा आयोजना गरिएको अमर बचाउ अभियानमा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि लगायतका सहभागीले अमरलाई फिर्ता ल्याउन देश विदेशमा रहेका नेपालीले लाग्नुपर्ने बताउँदै आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिएका छन् । ‘अमर सुदूरपश्चिमेलीको छोरो हो,’ कार्यक्रममा सहभागी एमाले जिल्ल सदस्य शेरसिंह धामीले भने, ‘घरको सन्तान फर्काउन केन्द्रीय तहमा कुरा गर्छौं ।’ अमरलाई मृत्युदण्डको फैसलापछि घरको आर्थिक अवस्था अत्यन्त दयनीय हुन पुगेको छ । कर्ण बमका दुई छोरा रोजगारीमा भारततिरै बस्दै आएका छन् । ६५ वर्षीय कर्ण बमले परदेशमा मृत्युदण्डको सजाय पाएर जेलमा रहेको माइलो छोरो अमरसँगै बुहारी र घर गुजारा चलाउने चिन्तासमेत थपिएको बताए ।
राष्ट्रपति र प्रधानमन्त्री भेटेर फर्किएका अमरका बुवा कर्ण र धनिसालाई अमर फर्किने थोरै आशा जागेको छ । ‘उहालाई (अमरलाई) राम्ररी चिन्नै पाएकी छैन, बिहे भएको महिना दिनपछि घर आए पासपोर्ट बनाएको पनि कसैलाई जानकारी दिएनन,’ धनिसाले भनिन्, ‘चार वर्षदेखि फोनमा मात्रै कुराकानी हुन्छ, अब त मुख देख्न पाइने आशा छ ।’ बिहे गरेको २५ दिनमा रोगजारीका लागि भारत गएका बम महिना दिनपछि पासपोर्ट बनाउन एक दिनका लागि घर फर्केका थिए । ‘देशकै ठूला मान्छेले पहल गर्छौं भनेका छन,्’ कर्णले भने । सन् २००३ मा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न आरोपमा ३४ वषर्ीय बमसहित दुई भारतीयलाई दुबई अदालतले मृत्युदण्ड सुनाएको हो । बमसँगै भारतका मनोज मुदाना, करनसिंह राजपुत र स्मद कुलतलाई मृत्युदण्ड सुनाइएको थियो ।
 
http://www.arghakhanchi.com/index.php?action=news&id=PWt6TTVrVE0=

महामानव चार्ल्स टाउन्स द्वारा अमर बचाउने पहल

९६ बर्षिय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तिव, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गा वी स निवासी अमर बमको हृदय बिदारक बिबरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनीलाई बचाउन पहल गर्नु भएको छ। ईस्लामिक कानुन अनुसार दिबङतका परिवारले माफी दिएमा अमर सजिलै छुट्ने कुरा थाह पाए पछि उहाँले शेट्टिको परिवारलाई सम्बोधन गर्दै अमरलाई बचाउन एक मर्मस्पर्शी अनुरोधपत्र लेख्नु भएको छ। सो पत्र नेपाल विश्व सहयोग संघका सस्थापक एबम अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु तथा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्कका संयोजक युवराज कार्की अनुरोधमा लेख्नु भएको हो। विभिन्न ख्याती प्राप्त व्यक्तिवहरूलाई संपर्क गर्ने क्रममा उहाँलाई भेट गर्न अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु उहाँकी धर्मपत्नी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी निर्वाचित द्वितिय उपाधक्ष लायन हेमा पनेरु तथा संयोजक युवराज कार्कीले टाउन्सलाई भेटेर अमरको बारेमा बिस्त्रित जानकारी दिंदै  उनीलाई छुटाउन पहल गर्न अनुरोध् गरेको थियो।
१९६४ का नोबेल पुरस्कार बिजेता चार्ल्स टाउन्सले लेजर र मेजर लगायत कैयौं बैज्ञानिक  आबिस्कार गर्नु भएको थियो। टाउन्सले नोबेल पुरस्कारका अतिरिक्त प्रतिष्ठित टेम्लेटन पुरस्कार लगायत थुप्रै पुरस्कार र ३२ बटा मानार्थ विध्या बारिधी पाउनु भएको छ।
दिबङत शरद शेट्टिका आधिकारिक प्रतिनिधिलाई सम्बोधन गर्दै चार्ल्स टाउन्सले भन्नु भएको छ, ” मलाइ शेट्टी परिवार प्रति ठुलो सहानुभुति छ। शरद शेट्टीलाई फर्काउन असम्भव छ, तर दिबङत आत्माको शान्तिको लागि एक निर्दोष मानिस सजायमुक्त हुनु पर्छ। म मानवता र सर्वशक्तिमान परमेश्वरको नाउँमा उहाँसँग सम्बन्धित सबैलाई अमरलाई छुटाउन सहयोग गर्न अनुरोध् गर्दछु।“  प्राप्त जानकारी अनुसार टाउन्सले यु ए ई का राष्ट्रपती शेख खलिफा र प्रधान मन्त्री शेख मुहम्मदलाई पनि निर्दोष अमरलाई माफी दिन अनुरोध गर्दै यु एस एक्स्प्रेस मेल मार्फत पत्र पठाइसक्नु भएको छ।

अमर बचाउ अभियानमा तीब्र प्रगती

नेपाल विश्व सहयोग संघद्वारा ३ महिना पहिला सो संघका अन्तराष्ट्रिय अध्यक्ष युवराज कार्कीको संयोजकत्व गठित अमर बचाउ अन्तराष्ट्रिय सन्जाल (SAVE AMAR INTERNATIONAL NETWORK)  सुरु गरे देखि यता अमर बचाउ अभियानमा तिब्र प्रगती भएको छ। हालै गठित उच्चस्तरीय  अमर बचाउ राष्ट्रिय सवन्वय परिषदले आफ्नो कार्य सुरु गरेको छ। पश्चीम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा, एन आर एन एन सी सी, यु एस ए, एन ए जी सी, नेपलिज असोसियसन अफ साउथ ईस्ट अमेरिका NASEA, असोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका ANMA , आलायन्स अफ नेप्लिज लायन्स क्लबस् लगायत महत्वपुर्ण सस्थाहरू सम्मिलित Save Amar National Coordination Council, USA हालै गठन भएको थियो। अमर बचाउ अभियानका यस्ता राष्ट्रिय समन्वय समिती मध्य यो तेश्रो हो र यो समितीले सो अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन  महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
 
यसै बीच लामो समय देखि यु ए ई को जेलमा मृत्यु दण्डकोलाई पर्खिरहेका दार्चुला निवाशी अमर बहादुर बमलाई  बचाउन उदार हृदयले चन्दा प्रदान गर्ने व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा सम्पन्न एक समारोहमा सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापाले डोनेसन सर्टिफिकेटहरू प्रदान गर्नु भयो। सो कार्यक्रममा ए एन एस का अध्यक्ष रविन प्रधान, पशुपति फाउन्डेसन यु एस ए का भक्त थापा, जनसम्पर्क समिति लस अन्जेलसकी अध्यक्ष टीका चौधरी तथा नेपाल अमेरिका एकता समाज, एन आर एन, ए एन एस, नेपाली जन संपर्क समिती, पशुपतिनाथ फाउन्डेशन लगायत सस्थाहरुका उच्च पधादिधाकारीहरू लगायत उल्लेख्य उपस्थिती रहेको थियो।
 
सो कार्यक्रममा पनेरुले नेपाल विश्व सहयोग संघ तथा  अमर बचाउ अभियान सम्बन्धी प्रकाश पार्दै लस एन्जलस क्षेत्रका क्षेत्रका नेपालिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।  उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो” हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपाय हरू छन् : १: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने २: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ। ३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने सस्थाहरू र व्यक्ती हरूले आशंका व्यक्त गरे पनि  त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।
 
सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापा, परिषदकै एन ए जी सी प्रतिनिधि पुन्नखर ढकाल ॠषि, तथा नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका कोषाधक्ष तिलक कार्कीको सक्रियतामा उठेको $ 1274 .00 पनेरुलाई हस्तानन्तरण भएको र सो रकमलाई सम्बन्धित कोषमा जम्मा गर्न एन ए जी एम्बासडर इमर्जेन्सी फण्ड का सभापति पुन्नखर ढकाल ॠषिलाई जिम्बेवारी  दीईएको छ। यो रकम समेत गरी हालसम्म $ 4916.00 यु एस डलर प्राप्त भै सकेको र थप रकमहरू प्राप्त हुने क्रममा छन्।  स्मरण रहोस्, नेपाल विश्व सहयोग संघले लामो समय सम्म संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गरेको  थियो। यो निकायको अनुरोधमा निज अमर बमको कानुनी उपचार तथा परिवारलाई तात्कालिन राहत दिने उद्देश्यले चन्दा उठाउन सुरु गरेको हो।
 
अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप धनगढीमा रहेका अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक  राजेन्द्र देवकोटा पिडित अमरका परिवारलाई दार्चुला धारी गा बी स गएर भेट्नु भएको छ। त्यसका साथै दार्चुलाको सदरमुकाम खलङामा एक बिशेष समारोह बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारीको हात बाट रु ५०,००० हस्तानन्तरण भैसकेको छ। समरण रहोस् यो परिवारलाई तात्कालिन राहत स्वरुप  एउटा सानो रकम मात्र हस्तानन्तरण गरिएको हो। उठेको चन्दाको प्रमुख अंश अमरलाई मृत्यु दण्डबाट छुटाउन खर्च गरिने छ। सानो अंश अन्तरराष्ट्रिय रुपमा जनदवाव श्रीजना गर्ने कठिन अभियानमा खर्च हुने बोर्डको निर्णय अनुसार हुने कुरा नेपाल विस्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपालि पनेरुले बताउनु भएको छ।
 
अमर  बचाउ अभियानलाई थप बल प्रदान गर्ने उद्देश्यले प्रत्यक्ष हस्ताक्षर अभियान सुरु भएको छ र बिधुतिय हस्ताक्षर पनि सुरु भई संसारभरीका नेपाली र बिदेशि नागरिकहरूले समेत हस्ताक्षर दीई रहेका छन्। दस हजार हस्ताक्षरको लक्ष राखिएकोमा हाल सम्म एक हजार एक सय भन्दा बढी (over 1200)  हस्ताक्षर प्राप्त भैइसकेको छ।  हालै अमर बहादुर बमका पिता कर्ण बहादुर बम संलग्न नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटा, यु ए ई मा कार्यरत नेपाली समाजका अधक्ष कृष्ण ढकाल तथा प्रवासी नेपाली सवन्वय समितीका अधक्ष महेन्द्र पाण्डेको संयुक्त प्रतिनिधि मण्डलले नेपालका प्रधान मन्त्री डा बाबुराम भट्टराइ लाई भेटेर प्रधानमन्त्री स्वयम् यु ए ई भ्रमणमा गएर कुट्नैतिक पहल गर्न अनुरोध गरेको र प्रधानमन्त्रीले पनि यु ए ई भ्रमण गरेर अमरको ज्यान बचाउने पहल गर्ने कुरा आश्वासन दिएको कुरा प्रतिनिधि मण्डलले जानकारी दिएको छ।

2017 Growing Up Asian in America: Letter to the Senator

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur.

20th Anniversary of Growing Up Asian in America

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.

Proudly powered by Themelexus.com