एकताको लागि मणी नेपाली पनेरुको महत्वपूर्ण घोषणा

मेरो होस् सम्हाले देखी समाज सेवामा लाएकोले मलाई मायाँ गर्नेहरु आदरपूर्वक सेवक मणी भनेर सम्वोधन गर्छन् जुन मलाईप्यारो पनि लाग्छ। “परोपकार पुण्ड्याया पापाया पर पिडनम” भन्ने नेपालपुत्र वेदव्यासको १८ पुराणको निचोड माथिको महावाणी मान्नेहो भने संसार स्वर्ग हुन्थ्यो र त्यस अनुसार जिउन प्रयास गर्नु पर्छ भन्ने मेरो जीवन दर्शन हो। मानवताको म पूजारी हुँ म देश भक्त हुँ, अमेरिका भक्त हुँ, नेपाल भक्त हुँ। र नेपाल र नेपालीसङ्ग म प्रेममा फसेको छु। केही दिन चाहन्छु। अमेरिकामा रहेको वर्तमान  अनुदार आप्रवासन  नितिले गर्दा हामी अल्पमतमा रहेका सम्पूर्ण समुदाय संकटमा परेको कुरो नमिठो लाग्न सक्छ तर यो ध्रुव सत्य हो। ढीलो चाँडो यो घाम जत्तिकै छर्लङ्ग हुने छ सबैलाई। हामी नेपालीहरुले समयमा बुद्दी नपुर्याएर धेरै चिज गुमाई सकेका छौं, बर्माबाट, नागाल्यान्डबाट, आसामबाट, भुटानबाट र अन्य  देश विदेशबाट लखेटिएका छौं र आज दार्जिलिङबाट पनि लखेटिने अवस्थामा पुगेका छौं। भोली अमेरिकामा पनि हाम्रो त्यही हबिगत नहोला भन्न सकिन्न। एकता नै बल हो। एकताको बलले हामी कुनै पनि बलियो सत्रुलाई परास्त गर्न सक्छौँ। तसर्थ नेपाली एकताको साझा सपनालाई साकार पार्न  हामी सबै एक हुन जरूरी छ। यही यथार्तलाई आत्मसात गर्दै मैले एन आर एन को माध्यमबाट नेपाली एकता लाई  टेवा  पुर्याउने एक मात्र उद्देश्यले मैले उम्मेदवारि दिएको हुँ। मेरा उम्मेदवारीको चार आर्य सत्यहरु निम्न छनस् 

१,    नेपाली जातिको सबलीकरण र सम्व्रिद्दिको लागि नेपाली एकता अपरिहार्य छ।
२,   वर्तमान अव्स्थामा एन आर एन नेपाली  एकताको एक मात्र बिकल्प हो
३,     एन आर एन र नेपाली समाजलाई मणी नेपालीहरुको खाँचो छ
४,     नेपाली समुदायले विवेकशील निर्णय गर्दै मणी नेपालीहरुलाई छान्नु पर्छ।

म मणी नेपाली व्यक्ती भन्दा एक विचार हुँ। मेरो विचारको नजिक जो छन ती सबै मणी नेपालीहरु हुन। मेरा यि जीवन दर्शन र सत्प्रयासहरु नेपाल विश्व सहयोग संघ एन ए जि सि मा समाहित छ र क्यालिफोर्निया, अमेरिका,  नेपाल र अन्तरराष्ट्रिय जगतमा व्याप्त छ। म निर्वाचनमा गम्भीरता साथ लागेको थिएँ। यो क्रममा मैले एन आर एन लाई केही टेवा अवश्य पुर्याएको छु। सदस्यताको निराशाजनक स्थितिमा मैले आफ्नो तन मन धन र प्रचार ले सदस्यता बृदिमा योगदान पुर्याएँ। एन आर एन बिरुद्द ठुलै असन्तुष्ट जमातलाई क्रमशस् सकारात्मक बनाउँदै गएको थिएँ र सो क्रम जारी छ र जारी रहने छ। व्यक्ती खराव हुनसक्छ तर संस्था सदैव पवित्र हुन्छ र त्यसलाई पवित्र रहन दिनु पर्छ। हाल आएर निर्वाचनको होडबाजिमा एन आर एन को भविष्यमा खेलबाड हुनसक्ने खतरा प्रती म अत्यन्त चिन्तित छु। एन आर एन लाई आफ्नो पेवा बनाउन पट्टी नलागी सबैको साझा बनाउन पर्ने अपरिहार्यतालाई हृदयङ्गम गर्न सबै सङ्ग विनम्र अनुरोध गर्दछु। यसको लागि एन आर एन ए आई सि सि ले एक अध्यादेश मार्फत सर्वमान्य नयाँ नेत्रित्वको चयन गर्न मार्ग प्रसस्त गोरैस र सम्भावित पतनबाट जोगाओस भन्ने जोडदार माग गर्दछु।

निर्वाचन अभियानमा धेरै समय, धन र शक्ती खर्च गरीसकेको छु। एन आर एन निर्वाचनको सन्दर्भमा मैले धेरै शिक्षा प्रापत गर्ने सौभाग्य पाएको छु। यो  बिचमा म भर्जिनिया, न्यु योर्क, सियाटल, लस यन्जलस, टेक्सास्को  डलास र अस्टिन, शिकागो, र म्याडिसन लगायत उत्तर क्यालिफोर्नियामा हजारौँ व्यक्तिहरु माझ मेरो निर्वाचन अभियान सम्पन्न भएको  छ। यो विचमा मैले सैयौँ इस्ट मित्र र महत्वपूर्ण व्यक्तित्वहरुको आपार स्नेह र समर्थन पाउन सकेको छु। यो उपलब्धी मेरो उपाधक्ष पद भन्दा धेरै  महत्वपूर्ण छ। मणी नेपाली जितीसकेको छ अब मणी नेपालीहरुको पालो छ जित्ने।

एकताको माध्यमबाट सामाजिक उन्नती भएको र मेरो जीवन कालमा नै समाज एक कदम माथि उठेको हेर्ने रहर छ। थाह छैन त्यो रहर पुरा हुन्छ वा हुँदैन तसर्थ नेपाली एकताको मुद्दा, एक कष्टप्रद मुद्दा हो, आजको जल्दो बल्दो मुद्दा हो। हो आज एकताको लागि सबैले आ(आफ्नो क्षेत्रबाट मुल्य चुकाउन जरूरी छ। त्यसै वास्तविकतालाई आत्मसात गर्दै म यो निर्णयमा पुगेको हुँ। एकताको लागि धेरै मुल्य चुकाइसकेको म मणी नेपाली पनेरु, एकताको लागि मेरो उम्मेदवारीमा पुनर्विचार गर्दछु। मेरो पुनर्विचारका आधारहरु निम्न छन।

१।     मैले निर्वाचनमा जाँदा स्थानीय र राष्ट्रियरुपमा एकतालाई  कत्तिको टेवा पुगेको छ।
२।     हालसालै प्राप्त प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड (२०१६ स्वर्ण) को गरिमालाई मेरो उम्मेदवारीले के कस्तो प्रभाव पार्न सक्छ
३।     म संस्थापक अध्यक्ष रहेको संस्था नेपाल विश्व सहयोग संघ एन ए जि सि बहुमत साथीहरुको कस्तो धारणा रहेको छ।
४।     निर्वाचन पछीको परिणाम् जीत वा हार पस्चात मैले नेपाली समाजको एकता सबलिकरण सम्ब्रिद्दी तर्फको मेरो सत्प्रयासको ओजन घट्ला वा बढ्ला
५।    आफ्नाहरुको विरोधमा निर्वाचन लडेर मैले के पाउँछु वा के गुमाउँछु
६।    निर्वाचनमा नगएको अवस्थामा मेरो भूमिका कस्तो हुनसक्छ।

यो निर्वाचन अभियानमा निकै तीता मीठा, टर्रा, चिल्ला, खस्रा, गुलीया अनुभूतीहरु कमाएको छु जुन अनुभूतिहरु मेरो अर्को पुस्तक लेखनको अमुल्य सामाग्री बन्ने छ। यस बिच घात, अन्तर्घात, प्रतिघात, बन्धन, गठबन्धन काँडाहरुमा पनि हिडेँ। तर पनि मेरी अत्यन्त प्रिय पत्नी हेमा पनेरु, मेरो परिवार र मेरा हितैशी मित्रहरुले जुन अपूर्व प्रेम ममा बर्षाएका छन म सदा कृतकृत्य रहने छु। मलाई पूर्व आन्ध्र महासागर ९ब्तबिलतष्अ इअभबल० देखी पश्चिम प्रशान्त महा सागर सम्म अपार समर्थन थियो र मलाई आशा छ सो मायाँ मैले सदा पाउने नै छु। यो विचमा पुराना र नयाँ नेत्रित्व विच एक्ता गर्ने प्रयास भएकोमा अत्यन्त उत्साहित भएको थिएँ। एकताको प्रयास महान पुण्य कार्य हो। त्यो प्रयास गर्ने व्यक्तित्वहरुलाई मेरो सलाम। मैले सबै प्यानल हरुको विच पनि त्यस्तै एकता होला भन्ने आशा राखेको थिएँ।

यसमा तोकेर नै भन्न पर्दा अध्यक्षका प्रत्याशी गौरी जोशीले एकताको लागि जुन मुल्य चुकाउन तयार हुनु भएको थियो त्यस प्रती नतमस्तक थिएँ र सदा रहने छु कारण म एकताको पूजारी हुँँ। यसै विच गौरी जिले आफ्नो समूहलाई एकताको एक प्रतीकको रुपमा श्रीजना गर्नु भएको छ। यो मेरो व्यक्तिगत विचार सङ्ग मिल्छ। आज हामी राजनिती धर्म, जात जाती र अन्य बिभाजन भन्दा माथि उठेर मातृभूमी नेपालको माटो निधारमा घस्दै एकताको लागि मुल्य चुकाउन तयार हुनु पर्छ। गौरीजिले जनसंपर्क, प्रवासि मन्च, जनजाती, र अन्य राजनैतीक एवम अन्य धेरैलाई समिटर आफ्नो प्यानल बनाएको मलाई मन पर्यो । मलाई लाग्छ त्यो अमेरिका नीवासी ठुलो जमातलाई मन परेको छ। हो आज हामीले एकतालाई हुन्छ भन्ने दिन आएको छ।

यि सबै कुराहरुलाई हृदयङ्गम गर्दै यो निर्वाचनमा  मैले हाम्रो संस्था एन ए जि लाई पनि गौरी जिको समूहमा साझेदार बनाउने निर्णय गरेको छु र म आँफै गौरी जोशी जि र उहाँका साथीहरुको आग्रहलाई ससम्मान स्विकार गर्दै नेपाली एकताको खातिर गौरी जोशिको समूहमा प्रवेश गरेको घोषणा गर्दछु। झिना मसिना कुराहरु मिलाउन पर्ने क्रममा अव हाम्रो पश्चिम छेत्रीय उपाधक्षको औपचारिक उम्मेदवार मेरी स्नेही बहिनी, सामाजिक सहकर्मी, एन ए जि सि कि अन्तरराष्ट्रिय सल्लाहकार तथा पश्चिम अमेरिका नेपाली महासंघ वाना कि संस्थापक अधक्ष उमा कार्की थापा रहेको स्पष्ट पार्दै गौरी जोशिको समूहलाई अत्याधिक बहुमतले जिताउन हार्दिक अनुरोध गर्दछु।
यसै घोषणा सङ्गै मेरो पश्चिम क्षेत्र को उपाधक्षको उम्मेदवारी आजको मितीदेखी कायम नरहेको समेत स्पष्ट गर्दछु। यसबाट मेरा प्रियजनहरुलाई दाँत मा ढुङ्गा लागे जस्तो अवस्य हुनेछ तर एकताको लागि मुल्य चुकाउने क्रममा मैले यो निर्णय लिन परेको हो र मेरा प्रियहरुको मायाँ यथावत पाइरहने विश्वास गर्दछु। त्यसको लागि म सबै प्रियहरुहरु सङ्ग हार्दिक क्षमा याचना गर्दै मेरो निर्वाचन अभियान नरोकिएको समेत अवगत गर्न चाहन्छु। मेरा चुनावी प्रतिवद्दताहरु पूरा गर्न सम्पूर्ण संघ संस्थाहरुलाई एन आर एन मा सम्मानजनक स्थान सुरक्षित गर्न र नेपालीलाई परेको पीर मर्कालाई आत्मसात गर्दै परेमा व्हाइट हाउस सम्मा जान तयार छु र एन आर एन मा शुद्धिकरण ल्याउने र सबैको साझा संस्था बनाउने मेरो अभियान जीवन पर्यन्त रहने छ भन्ने प्रतिवद्दता जाहेर गर्दछु।

जर्जियाको यट्लान्टामा मणी नेपाली पनेरु सम्मानित

अमर बचाउ राष्ट्रिय सवन्वय परिषद अमेरिकाका फेसिलिटेटर तथा नेपाल् विश्व सहयोग संघ का अनतर्राष्ट्रिय  अधक्ष मणी नेपाली पनेरु आफ्नो ३ हप्ता  लामो सद्भावना भ्रमणको अन्तीम गन्तव्य फ्लोरिडा पुगे पछी त्यहाँ अमर बचाउ अभियान सुरु भएको छ। अमर बचाउ अभियानलाई पुर्वी राज्यहरूको समर्थन जुटाउने  र जनचेतना जगाउने उद्देश्यले आफ्नो छुट्टीको सदुपयोग गर्दै आफ्नो नीजी खर्चमा क्यनाडा देखी प्लोरिडा सम्म अमेरिकाको पुर्वी राज्यहरू छिचोल्ने क्रममा गत साता फ्लोरिडा पुग्दा नेपाली सामुदायिक केन्द्र ओर्ल्यान्डोका अध्यक्ष कृष्ण विलास पोखरेल तथा सुप्रशिद्द समाज सेवी विकास देवकोटाले उहाँलाई हार्दिक स्वागत गर्नु भएको थियो।

नेपाली वाल वालिकालाई नेपाली भाषा तथा सस्क्रिती  सिकाउन पाठ्शाला सन्चालन गर्दै आउनु भएको सुप्रसिद्द समाजसेवी तथा कवयत्री मिना शाक्य एवम उहाका पति सुप्रशिद्दसमाज सेवी तथा नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डोका उपाधक्ष हरि ॐ प्रधान द्वारा पनेरुको सम्मानमा रात्री भोज तथा अन्तर क्रिया कार्यक्रमको आयोजना गर्नु भएको थियो। सुप्रशिद्द समाज सेवी विकास देवकोटाको संयोजनमा सम्पन्न सो कार्यक्रमको  सभापतित्व नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डोका अध्यक्ष कृष्ण पोखरेलले गर्नु भएको थियो।

नेपाल विश्व सहयोग संघका अमेरिका च्याप्टर अधक्ष निजानन्द मल्लले पनेरुको बहु आयामिक व्यक्तित्व माथी प्रकाश पार्दै विश्व सहयोग संघको उद्देश्य र कार्यक्रम् वारे चर्चा गर्नु भयो। विशिष्ट अतिथीको आसनबाट बोल्दै फ्लोरिडा असोसियसन अफ नेपलिज सोसाइटिज FANS का अधक्ष बिमल नेपालले, पनेरुको आगमन प्रति प्रशन्नता व्यक्त गर्दै सो अभियानलाईतन मन्   र धनले सक्दो सहयोग गर्नबचन दिनुभयो। उहाँले भन्नुभयो, “एक प्रकारले हामिहरू पनि अमर बहादुर  बम भएको र आफ्नो अस्तित्वको लागि सधैं लड्न परिरहेको हुन्छ। अमरलाई अन्यायपुर्ण रुपमा फाँसी हुनु हामि सबैलाई फाँसी हुनु सरह हो र हामिले यस्तो समवेदनशिल घडीमा मुक दर्शक भएर बसेमा लाजमर्दो कुरो हुने र हामीलाई इतिहासले धिक्कर्ने छ” ।

सो अवसरमा नेपाली कम्युनिटी सेन्टरका उपाधक्ष तथा सुप्रशिद्द समाजसेवी हरि ॐ प्रधानले अरुलाई परेको दु:खले आफूलाई सदा पोल्ने र सक्दो सहयोग गर्न आफूलाई कसैले भन्ननपर्ने  बताउँदै अमर बचाउ अभियानको लागि आफ्नो तन मान् धन दिएर हिड्ने पनेरुसँग आफू प्रभावित भएकोबताउनु भयो।  सोही अवसरमा कार्यक्रमका सभापती कृष्ण पोखरेलले स्वत:स्फूर्त  रुपमा अमर बचाउ अभियानलाई सघाउने उद्देश्यले आर्थिक सहयोग गर्नु हुने हरि ॐ प्रधान र निजानन्द मल्ललाई प्रशंसा पत्र प्रदान गर्नु भयो।

कार्यक्रमका केन्द्र बिन्दू मणी नेपाली पनेरुले अमर बम बारे बिस्त्रित जानकारीमूलक पावर प्वाइन्ट प्रस्तुती गर्नु भयो। सो प्रस्तूतिमा अमर कसरी झुटो मुद्दामा फसे,उनी निर्दोषहुनाका आधारहरू, उनीलाई छुटाउने उपायहरू तथा अभियानले प्राप्त गरेका उपलब्धीहरू बारे प्रकाश पारिएको थियो। प्रस्तुति पछि सहभागिहरुका प्रश्न र जी ज्ञासाहरूको जबाफ दिंदै पनेरुलेभन्नुभयो,”मेरो भ्रमणको उद्देश्य चन्दा संकलन गर्ने नभई अमर बारे जना चेतना जगाउने, अभियानको लागि बिभिन्न संघ सस्थाका समर्थन प्राप्त गर्ने तथा अमरलाई छुटाउन दबाब श्रीजनागर्न हस्ताक्षर संकलन गर्ने रहेको छ।  यस क्रममा स्वत: स्फूर्त रुपमा केही चन्दा पनि उठी सकेको र उठेको रकमको सानो अंश रु पचास हजार दार्चुलामा अमरको परिवारलाई प्रदान गरिएको छ। स्वत: स्फूर्त रुपमा उठेको चन्दालाई हामिले अमर र अमरको परिवारको नासोको रुपमा पारदर्शी ढंगले राखेको र बचेँको पैशा स्थितिको अध्ययन गरि अमरको प्राण जोगाउने उद्देश्यले अमरको परिवारसँग समेत सल्लाह लिएर अमरको हितमा खर्च 

गरिने वा हस्तानन्तरण गर्ने व्यवस्था मिलाइने छ। यस बीच अमर तथा अमरका परिवारसँग पटक पटक कुराकानी भएको र निजहरूले नेपाल विश्व सहयोग संघले गरेको सहयोगको लागि हार्दिक आभार प्रकट गरेका छन्।“

पनेरुले भन्नु भयो, “यो अमर बचाउ अभियान नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय उपाधक्ष राजेन्द्र प्रसाद देवकोटाको सक्रियतामा २०१० देखि नै सक्रिय रहेको र नेपाल विश्व सहयोग संघ  यो अभियानलाई अन्तरराष्ट्रिय उचाईमा पुर्याई निर्दोष अमरलाई बचाउन अमर बचाउ अन्तरराष्ट्रिय सन्जाल बनाई कार्यरत रहेको हो। यो पवित्र उद्देश्य प्राप्त गर्न सबै सँग सहकार्य र साझेदारी अपरिहार्य भएकोले हामि सम्पुर्ण संघ सस्थाहरूलाई यो अभियानमा सरिक हुन हार्दिक आग्रह गर्दछौँ।“

सो कार्यक्रममा उपस्थित हुन नसके पनि फ्लोरिडा नेपाल असोसियसनका पूर्व अधक्ष डा बिजय कट्टेल तथा आइ एन एल एस प्लोरिडा च्याप्टरका अधक्ष कृष्ण श्रेष्ठ सँग टेलिफोन वार्ता भएको थियो। कार्यक्रममा समाज सेवीहरू, बुद्दिजिवीहरू व्यापारी एबम युवाहरूको उल्लेख्य उपस्थिती थियो। सो अवसरमा समाज सेवीहरू कृष्ण पोखरेल, बिकाश देवकोटा , विमल नेपाल्, भूवन गिरि, स्वतन्त्र श्रेष्ठ, डा. सरोज् खड्का, सुबास श्रेष्ठ ले स्वत: स्फूर्त रुपले प्रदान गरेको जम्मा १६० डलर पनेरुलाई हस्तानन्तरण गरिएको थियो। कार्यक्रम् पस्चात रोचक कवि सम्मेलनसहित रात्री भोज भएको थियो। कवि बिकास देवकोटा, कवयत्री मीना शाक्य तथा कवि मणी नेपाली पनेरुको कविताले श्रोताहरूकोमन जित्न सफल भएको थियो।  यस कार्यक्रमको साथपनेरुको करिव ३ हप्ता लामो सद्भावना भ्रमण सफलता साथ सम्पन्न भएको छ र उहाँले आफ्नी धर्म पत्नी हेमा पनेरु लगायत सम्पुर्ण मित्रहरूलाई हार्दिक धन्यवाद दिनुभएको छ।

पृथ्वी राष्ट्रिय गौरव सम्मानको घोषणा:पनेरु सम्मानित

२९४ औँ    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले निर्णय गरे अनुसार राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा पृथ्वी  राष्ट्रिय गौरव सम्मानको एक बिशेष समारोह बिच घोषणा गरिएको छ। काफल रेस्टुराँका संचालक तथा पृथ्वी जयन्ती समारोह समितीका सँयोजक प्रिन्स युवराज कार्कीले सो सम्मानको घोषणा गर्दै हरेक बर्ष क्यालिफोर्निया बे क्षेत्रमा सेवारत समाजसेवीहरुलाई प्रदान गर्ने समेत् स्पष्ट पार्नु भयो। उपस्थित उत्तर क्यालिफोर्नियाका सम्मानित समाजसेवीहरुको बिच सो घोषणाले एक सनसनी ल्याएको पर्यवेक्षकहरु बताउँछन।

सो अवसरमा सँयोजक कार्किले भन्नु भयो, “उपस्थित महानुभावहरुलाई गत पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको कुरा विदितै छ। सो अवसरमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको स्‍मृतिमा एक अवार्ड घोषणा गर्ने निर्णय भएको थियो, पृथ्वी राष्ट्रिय गौरव सम्मान। सो सम्मान बर्षमा १ पटक एक जनालाई मात्र प्रदान गरिने काफल रेस्टुराँ व्यवस्थापनले निर्णय गरे अनुसार सो व्यक्तीले  पृथ्वी नारायण शाहको स्पष्ट  अनुसरण गरेको र नेपाली एकतालाई सुद्रिढ गर्न तन मन धन स्पष्ट लगानी गरेको व्यतित्व हुन पर्ने हामीले ठहर गरेका थियौँ। सो अवार्ड अाज सुपर स्टार सरोज खनालको उपस्थितिमा घोषणा गर्दै प्रदान गर्न पाएको म गौरवान्वित छु। स्मरण रहोस, कुनै पनि एक व्यक्ती सिद्द हुन सक्दैन तर माप दण्ड अनुसार एक व्यक्तीलाई मात्र दिन सकिने यो अवार्ड पाउने व्यक्तीलाई बर्ष व्यक्तित्वको रुपमा पनि लिँदै यो अवार्ड हरेक बर्ष दीईने निर्णय भएको समेत हजुरहरुलाई अवगत गराउन चाहन्छु। यो अवार्ड पाउने व्यक्तित्वको सम्मान त हुँदै हो तर सो भन्दा धेरै गुणा ठुलो सम्मान पृथ्वी नारायण शाहको हो जस्को नाम नेपाली जातिले कहिले पनि बिर्सन हुँदैन र भुल्ने पनि छैनन भन्दै बिजेताको घोषणा गर्नु भएको थियो।

यस बर्षको बर्ष पुरुष अथवा पृथ्वी राष्ट्रिय गौरव सम्मानका बिजेता हुनुहुन्छ बरिष्ठ समाजसेवी  मणी नेपाली पनेरु । सो सम्मान प्रमुख अतिथी सुपर स्टार सरोज खनाल, बिशिष्ट अतिथी  पप स्टार नलिना चित्रकार, तथा बिशेष अतिथिहरु जनसंपर्क समिती अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, केन्द्रिय सदस्य चन्द्र धिताल, मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे,  एन एन सि का पूर्व अध्यक्ष एन.. आर. एन. एन. सि. सि. यु. एस्. ए. का के.  सल्लाहकार घन प्रशाद दवाडी, एन एन सि का महासचिव कैलाश  थापा, एन सि तमु समाजका पूर्व अध्यक्ष गम गुरुङ, समाजसेवी टीका पुनले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो।

पनेरुले   नेपाल रहे देखी नै पृथ्वी नारायण शाहको नाम मा उन्नतिशिल समाजको तर्फ बाट पृथ्वी रनीङ शिल्ड स्थापना तथा पृथ्वी जयन्तिमा राष्ट्रिय बिभुतिहरु र वीर पुर्खाहरु सम्मान गर्ने तथा राष्ट्रियता बिषयमा राष्ट्रिय बिचार गोष्ठीहरुको सँयोजन गर्नु भएको  छ। त्यसै गरी उहाँ अमेरिका आए लगत्तै हेल्पिङ ह्यान्ड्स अफ द हिमालायजको सस्थापक महासचिव, लायन्स क्लब अफ  बर्क्ली अन्नपुर्णका चार्टर सेक्रेटरी, एन ए एन सि का कोषाधक्ष, जनसंपर्क समितिका सल्लाहकार लगायत बिभिन्न संघ सस्था मार्फत यो क्षेत्रमा उल्लेखनिय सेवा पुर्‍याउनु भएको छ। बिशेष गरी २००८ मा एक विश्वव्यापी नेपाली सन्जाल स्थापना गर्ने उद्देश्यले नेपाल विश्व सहयोग संघ एन ए जि सि को स्थापना गर्न अग्रणी भूमिका खेल्नु भएको थियो। पनेरु सो संस्थाको सस्थापक अध्यक्ष हुनुहुन्छ।क्यालिफोर्नियामा  गत पौष २७ गते मनाईएको  पृथ्वी जयन्ती तथा राष्ट्रिय एक्ता दिवसमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो। पनेरु नेपाल बाट शान्ती पुरस्कार, समाजसेवा पुरस्कार, अन्तरराष्ट्रिय  मन्च द्वारा प्रदान गरिएको राष्ट्र गौरव सम्मान लगायत सम्मानहरु प्राप्त गर्नु भएको छ भने उहाँ अमेरिका जर्जियामा, यु ए ईको दुबईमा समेत सम्मानित हुनु भएको छ। समाजसेवामा अहोरात्र खट्नु हुने पनेरु नेपाली समुदायमा नै अग्रणी समाजसेवी हुनु भएकोले उहाँलाई सो सम्मान प्रदान गर्नु न्याय संगत भएको टिप्पणी गरिएको छ।

क्यालिफोर्नियामा पनेरु दम्पती सम्मानित

क्यालिफोर्निया । नेपाल विश्व सहयोग संघ एनएजीसीका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु तथा एनएजीसी प्रथम महिला हेमा पनेरुको पच्चिसौं विवाह उत्सवको सुखद अवसरमा एन जी सी क्यालिफोर्निया च्याप्टरले पनेरु दम्पतीलाई सम्मान गरेको छ । पनेरु परिवार र नजीकका नातेदार तथा मित्रहरूको सक्रियतामा आयोजित सो भव्य समारोहमा करिव पाँच सय जना पाहुनाहरूको उपस्थिति थियो

सो अवसरमा एनएजीसीका संस्थापक सदस्य तथा विशिष्ट सल्लाहकार राजन थापा,सान प्रान्सिसकोको लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा समाज सेवी अनिल पाण्डे, नेपाली एसोसियसन अफ नर्दनक्यालिफोर्नियाका अध्यक्ष उत्तम कार्की, नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य बिनोद भट्ट, नेको फाउन्डेसनकाअध्यक्ष विश्व भट्ट लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

सो अवसरमा लस एन्जलस, सान डियगो, तेमेकुला, डेभिस, वूड्ल्यान्ड, सान्ता रोजा, सोनोमा, स्याक्रिमेन्टो,सनिभेल, माउन्टेनभियु, एल सिरिटो, सान पाब्लो, रोस्ज्भिल, बेनिसिया, ओक्ल्यान्ड, बर्क्ली लगायत सहरबाट उल्लेख्य सहभागिता रहेको थियो।

सो समारोहमा एन जी सी अन्तरराष्ट्रिय उपाध्यक्ष ध्रुव थापा तथा युवराज कार्की, एनएजी अन्तरराष्ट्रिय महासचिव जिम ह्यूज, पी एच डी, अन्तर्राष्ट्रिय कोषाध्यक्ष बिष्णु बहादुर कार्की, एन ए एन सी अध्यक्ष उत्तम कार्की, नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष चन्द्र धिताल, लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णका अध्यक्ष लायन तिलक सुनार, स नी सगरमाथा समाजका सस्थापक अध्यक्ष ईश्वर सापकोटा, सोही समाजका वर्तमान अध्यक्ष हरिहर दाहाल, लुम्बिनी कपिलवस्तु शान्ती अभियानका अध्यक्ष किशोर शेरचन्द, मदरल्यान्ड नेपालका अनिल पान्डे, एएनसब्लु जी एन का अध्यक्ष एवम् एन सी तमु समाजकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ, क्यालिपोर्निया नेपाली सोसाईटाकाअध्यक्ष टिका सुबेदी, नाफ्काका पुर्व अध्यक्ष प्रज्वल बज्राचार्य, एभ्रेस्ट क्लबका अध्यक्ष डिकेन्द्र मास्के,क्यालिफोर्निया नेवासमाजका अध्यक्ष बुद्ध महर्जन, समाजसेवी गोविन्द शाही, गोपाल खड्गी, कैलास थापा, घन प्रसाद दवाडी, चीनकाजी श्रेष्ठ,लगायत उल्लेख्य संख्यामा समाजसेवीको उपस्थिति रहेको थियो। सो अवसरमा युरोप, अमेरिका, अस्ट्रेलिया, नेपाल,मध्यपूर्व तथा अफ्रिका, दक्षिण एसिया, नेपाल, क्यानडा लगायत देशहरुमा सक्रिय बिबिध संघ संस्थाहरुका अध्यक्षहरूलगायत पदाधिकारीको शुभकामना सन्देश प्राप्त भएको थियो।

बिभिन्न मनोरन्जक नृत्यहरू र डीजे डान्सले भरिपुर्ण सो रमाइलो उत्सवमा समाजसेवी तारा खरेलले कविता वाचन गर्नु भएको थियो भने लोकप्रि पप गायक अनिश ओकिली साप्कोटाले शुभकामना गान प्रस्तूत गर्नु भएको थियो। अर्वन करीका संचालक पूर्ण शेर्पाको व्यवस्थापन स्वादिष्टनेपाली परिकारको सुव्यवस्थाका लागि सर्वत्र प्रशंसा भएको थियो। अन्त्यमा मणी नेपाली पनेरु तथा हेमा पनेरुले आफूहरूलाई प्रदान गरिएको आदर, सम्मान र चोखो मायाको लागि हार्दिक अभार व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो।

गोरखा सेवा समाज युएई द्धारा मणी नेपाली पनेरु सम्मानित

हरि नेपाली ,युएईरगत शनिबार २६ जनवरी २०१३ का दिन बरदुबईको एक होटलमा गोरखा सेवा समाज युएई द्धारा गोरखा सौरपानी १ निवासी नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुलाई सम्मान गरिएको छ। बरदुबईको नेपाली रेष्ट्रुरेन्टमा आयोजित कार्यक्रमको सभापतित्व गोरखा सेवा समाज युएईका अध्यक्ष सुरेश ढकालले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अथितीमा नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु रहनुभएको थियो। त्यस्तै अन्य अथितीहरुमा नेपाल विश्व सहयोग संघ मध्यपुर्ब संयोजक महाप्रशाद धिताल,गोरखा सेवा समाज युएईका संरक्षक उत्तम अधिकारी रहनु भएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अथिती, अथितीहरु,र सम्पूर्ण गोरखाली हरुलाई समाजका कोशाध्यक्ष जनक गुरुङले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन दिनेश पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अथिती एबं नेपाल विश्व सहयोग संघ मध्यपुर्ब संयोजक महाप्रशाद धितालले युएईमा NAGC  का अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुलाई युएईमा स्वागत गर्दै NAGC मध्यपुर्ब च्याप्टरको अवस्थाबारे प्रकाश पार्नुभएको थियो।

त्यस्तै अर्का अथिती गोरखा सेवा समाज युएईका संरक्षक उत्तम अधिकारीले अन्तरराष्ट्रिय संस्था नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्षमा गोरखालीलाई नै पांउदा गर्ब महसुस भएको बताउनुभएको थियो। साथै उहांले संस्थाका अध्यक्ष नै आफ्नो सामु भएको अवस्थामा NAGC  को बारेमा अझै बुझ्ने ईच्छा रहेको बताउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथिति मणी नेपाली पनेरुले NAGC ले गर्ने कामको बारेमा प्रष्ट पार्दै संग बिभिन्न बिषयमा साझेदारीमा काम गर्न सकिने प्राबधान रहेको भन्दै गोरखा सेवा समाज युएईलाई पनि साझेदारीमा काम गर्न अनुरोध गर्नुभएको थियो। उहांले युएईमा यसरी सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै गोरखा सेवा समाज युएईलाई धेरै(धेरै धन्यवाद दिंदै गोरखा सेवा समाज युएईको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो।

गोरखा जिल्लामा जन्मेर पनि देश बिदेशमा पनि सफल समाज सेवीको रुपमा परिचित हुनुभएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमका सभापति तथा गोरखा सेवा समाज युएईका अध्यक्ष सुरेश ढकालले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो।

http://mybutwalonline.blogspot.com/2013/01/NAGC.html

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट मणि नेपाली पनेरु सम्मानित

काठमाडौं–सुप्रसिद्ध समाजसेवी मणि नेपाली पनेरु क्यालिफोर्नियामा ‘एनएएनसि नेपाल साँझ २०१८’ को बिशेष समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित भएका छन् । पनेरुलाई उहाँको गृह राज्य क्यालिफोर्नियामा लामोसमयदेखी निस्वार्थ सेवा पु¥याएबापत अवार्ड प्रदान गरिएको हो । पनेरु सन् २०१६ मा अमेरिकाको ह्वाइट् हाउसबाट प्रदान गरिने प्रेसिडेन्ट भोलेन्टियर सर्भिस (स्वर्ण) लगायत नेपाल दुबई, युकेलगायत अमेरिकामा बिभिन्न समयमा सम्मानित भईसकेका छन् ।

यहा सम्पन्न नेपाल साँझ समारोहमा पनेरुलाई सो सम्मान एनएएनसिका अध्यक्ष रविन्द्रकुमार राई तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्कीले संयुक्त रुपमा प्रदान गरेका हुन् । एनएएनसि र एनसिसि तथा बिभिन्न संघसंस्थामार्फत क्यालिफोर्निया र समग्र नेपाली समुदायको लागि उत्कृष्ट सेवा पु¥याएबापत सो सम्मान गरिएको वताइएको छ । नेपाल विश्व सहयोग संघ (एनएजिसी) ग्लोबलका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बर्कली अन्नपूर्णका चार्टर सेक्रेटेरी, पास्ट प्रेसिडेन्ट, Lions International, District 4C3 का जोन चिअरको रुपमा समेत सेवा पु¥याईसकेको र बे एरियामा रहेका अन्य थुप्रै संस्थाहलाई पनि सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीको रुपमा सेवा पु¥याइसकेका छन् । पनेरु क्यालिफोर्नियामा आफ्नो सुन्दर परिवार पत्नी हेमा तथा छोराछोरीहरु सपना, महिमा, एलिजा तथा अभिषेकका साथ रहँदै आएका छन्. । एनएएनसिको वार्षिक रुपमा सम्पन्न भएको नेपाल साँझ २०१८ कार्यक्रमको संस्थाका अध्यक्ष रविन्द्र कुमार राईले सभापतित्व गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव प्रितेश कार्कीले गरेका थिए । संंस्थाकी ऊपाधक्ष हेमा पनेरुको स्वागत मन्तव्यको साथ सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि बरीष्ठ सङीतकार मदन दीपबिम,नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष उत्तम कार्की, पूर्व अध्यक्ष घनप्रसाद दबाडी, कार्यक्रम सँयोजक सागर श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

अवार्ड बिजेता पनेरुले नेपाली एसोसिअयन अफ नर्दर्न क्यालिफोर्निया NANC तथा नेपाली कम्युनिटी सेन्टर NCC लाई सो सम्मानको लागि हार्दिक कृतज्ञताका साथै धन्यवाद दिएका थिए । पनेरु सो अवार्डको लागि योग्य व्यक्ति भएको कार्यक्रमका सहभागीहरुले मन्तब्य राखेका थिए । औपचारिक कार्यक्रमको समाप्ति पछि मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कोरियोग्राफर तथा समाजसेवी बिन्दु सापकोटाले गरेको साँस्कृतिक संयोजन गरिएको उक्त अवसरमा सुपरिचित र लोकप्रिय स्थानीय गायक गायिकााहरु लक्ष्मी खरेल थापा, ताल्मान मगर, रन मगर, नीता थुलुङ्ले आफ्नो उत्कृष्ट प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । यस्तै उत्कृष्ट स्थानिय नृत्यकारहरु सफलता दुलाल, प्रार्थना कार्की, प्रतिक रावत, आर्यमान दाहालको मौलिक नेपाली सँस्कृति झल्काउने नृत्यले उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । सो अवसरमा सह संस्थापकको रुपमा सहभागी संघ संस्थाहरु, चन्दा दाताहरुलाई सम्मान गरिएको थियो भने कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ०९:११

http://newslinesnepal.com/2018/11/12/8212/

 

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट मणि नेपाली पनेरु सम्मानित

समाजसेवी मणि नेपाली पनेरु ‘एनएएनसि नेपाल साँझ २०१८’ को समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । क्यालिफोर्नियामा सम्पन्न कार्यक्रममा पनेरुलाई लामो समयदेखि समाज सेवामा योगदान पुर्याएबापत अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमको समापनपछि मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय गायक गायिकाले सांगीतिक प्रस्तुति गरेका थिए । यस्तै कार्यक्रममा सफलता दुलाल, प्रार्थना कार्की, प्रतिक रावत, आर्यमान दाहालले मौलिक नेपाली सँस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

http://www.nayapatrikadaily.com/2018/11/12/113459/

एट्लान्टामा मणी नेपाली पनेरु सम्मानित

हरिहर दाहाल, एट्लान्टा । नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको एट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुलाई एट्लान्टा बासी नेपालीहरूको तर्फबाट एट्लान्टाको लोगो अङ्कित टोपी पहिरयाउनु भयो भने सोही संस्थाका उपाध्यक्ष धन तिमिलिसिनाले खादा ओडाएर सम्मान गर्नु भयो। सो अवसरमा नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष सन्जीव सापकोटाले सम्मान उपहार स्वरुप प्लेक प्रदान गर्नु भयो। कार्यक्रमको आरम्भमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुको बहु आयामिक व्यक्तित्वमाथि बिस्त्रित प्रकाश पार्नु भएको थियो। सो कार्यक्रमको लागि उपाध्यक्ष धन तिमिल्सिनाको संयोजकत्वमा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद का NASeA प्रतिनिधि मोहन बिष्ट, तथा लीला बहादुर कार्की सदस्य रहेको एक विसेष समिति बनेको थियो।
नेपाल विश्व सहयोग संघको आव्हानमा हालसालै गठन भएको अमर बचाउ राष्ट्रिय सवन्वय परिषदको फेसिलिटेटरको हैसियतले उहाँ अमेरिकाका पुर्वी राज्यहरूको सद्भवना भ्रमण गर्ने क्रममा उहाँ एट्लान्टा पुग्नु भएको थियो। नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका NASeA का अध्यक्ष सन्जीव सापकोटाले पनेरुको स्वागत गर्दै आफ्नो निवासमा आतिथ्य प्रदान गर्नु भएको थियो। त्यसै गरि आफूलाई भावपुर्ण स्वागत र न्यानो आतिथ्य प्रति अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष राजा घले तथा पनेरुका हितैषी मित्र अनिल कोइराला प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। सो अवसरमा पनेरुले अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक पावर प्वाइन्ट प्रस्तुती गर्नु भएको थियो।

नासियाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महा सचीव लगायत अमेरिकाका दक्षिण पुर्वी राज्यहरू जर्जिया, अलाबामा, उत्तर क्यरोलायना, दक्षिण क्यारोलायना, फ्लोरिडा आदीको प्रत्यक्ष एवं बिधुतीय सहभागिता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। प्रस्तुती पस्चात जिग्यासुहरूले राखेको प्रश्नको जबाफ दिँदै पनेरुले बताउनु भयो, “यो भ्रमण अमरको लागि चन्दा अभियान नभैकन अमर बमको निर्दोषिता बारे जन चेतना जगाउने र अमर बचाउ राष्ट्रिय सवन्वय परिषदलाई ससक्तिकरण एवं बिस्तार गर्ने उद्देश्य रहेको बताउनु भएको छ।

यस क्रममा स्वत: स्फूर्त रुपमा चन्दा पनि उठिसकेको बताउँदै पनेरुले भन्नु भयो, “अमर बमको पिता कर्ण बहादुर बम र स्वयम् अमर बहादुर बमले कुनै पनि हत्कण्डा प्रयोग गरेर अमरलाई बचाउने अनुरोध् गरेका छन् र आफूहरूलाई के गरेर हुन्छ थाह नभएको बताएका छन।“ नेपाल विश्व सहयोग संघले अनुसन्धान गरि पत्ता लाउँदा अमरलाई बचाउने प्राथमिकताको आधारमा निम्न ३ उपायहरू रहेका प्रकाश पारियो।
१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनीको आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने संस्थाहरू र व्यक्तीहरूले आशंका व्यक्त गरे पनि त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।

युएईमा बिभिन्न संघ संस्थाहरू नेपाली समाजको नेतृत्वमा अमर बचाउ सवन्वय समिती बनाएर पहिला देखि नै कार्यरत थिए। सो सवन्वय समितिमा नेपाली समाज, नेपाल विश्व सहयोग संघ युएई, एनआरएन एनसीसी युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली प्रवासी संघ यूएई, नेपाली एकता समाज यूएई, जनजाती महासंघ यूएई, पत्रकार महासंघ यूएई, रहेका छन्। त्यसै गरी नेपालमा नेपाल विश्व सहयोग संघ नेपाल, प्रवासी नेपाली सवन्वय समिति नेपाल र नेपाली समाज युएई सँलग्न सवन्वय समिति मार्फत व्यापक रुपमा जन चेतना र सरकार समक्ष जनदबाबमा सक्रिय रहेको छ। अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा एन आर एन एन सी सी USA , NASeA, ANMA, WANA, डलास एभ्रेष्ट लायन्स क्लब, तथा बुढानिलकन्ठ स्कूलको पूर्व विध्यार्थीहरूको संगठनSEBS-North America र नेपाल विश्व सहयोग संघ, अमेरिका जस्ता प्रभावकारी संस्थाहरू रहेका छन्। परिषदमा अन्य संस्थाहरू पनि प्रवेस गर्ने निस्चित भएको छ।

हाल सालै नेपाली समाज युएई का अध्यक्ष कृष्ण ढकाल प्रवासी नेपाली सवन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे तथा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाध्यक्ष तथा सेभ अमर इन्टरन्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद देवकोटाको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मन्डलले प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो। भेट्मा प्रधानमन्त्री भट्टराइले अमरलाई बचाउने पहल गर्न आफू युएई जान तयार रहेको कुरा व्यक्त गरेका थिए। यसै क्रममा मणी नेपाली पनेरुले सम्पुर्ण संघ संस्था एवम् नेपाली दाजुभाई दिदि बहिनिहरूलाई अमर बचाउ अभियानमा सम्मिलित भएर प्राण जोगाउने जस्तो महान पुण्य कमाउन आव्हान गर्नु भएको छ।

२ भाद्र २०६९, शनिबार १८:४४ मा प्रकाशित

Proudly powered by Themelexus.com